मोरङ । कृषि तथा औद्योगिक उत्पादनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विगत ३ वर्ष देखि संचालित संवृद्धि आयोजना सफल उन्मुख रहेको छ ।
बेरोजगारहरुलाई शीपमुलक तालिम दिएर रोजगारी बृद्धि गर्न संबृद्धि आयोजनाले प्रदेश १ को कोशी कोरिडोर अन्तगर्तका ८ र प्रदेश २ मा जनकपुर करिडोर अन्तर्गतका ७ अनि प्रदेश ३ को १ वटा जिल्लाका ३० हजार बढी बेरोजगारहरुलाई प्रत्यक्ष रोजगारी दिलाउन संबृद्धि आयोजना सफल सहयोगी बनिरहेको छ ।
नेपाल सरकार र दातृ निकायको सहयोगमा निर्माण भएको संबृद्धि आयोजना प्रदेश १ को कोशी करिडोर अन्र्तगत मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, खोटाङ, र उदयपुर अनि प्रदेश २ को जनकपुर करिडोर अन्तर्गतका ७ जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा अनि प्रदेश ३ को एक मात्र जिल्ला सिन्धुलीमा २०७५÷०७६ देखी सञ्चालन भैरहेको छ । संबृद्धि आयोजना ब्यवस्थापन कार्यालयका अनुसार यो आयोजनाले २०७५÷०७६ मा १६ जिल्लाका ६० नगर र गाउँपालिकाहरुमा ५ हजार जनाले विभिन्न २३ बिषयमा तालिम लिइसकेका छन । यसै गरि २०७७÷०७८ मा १६ जिल्लाका १० हजार ७ सयजनाले बिभिन्न २७ बिषयमा तालिम प्राप्त गरेका छन ।
आगामी आर्थिक बर्ष २०७८÷०७९मा बिभिन्न बिषयका १४ हजार जनालाई तालिम दिने योजना रहेको छ । यो आयोजनाले कृषी तथा औधोगिक उत्पादन अनि बजारीकरण र शिपप्रदान गरेर रोजगार प्रबद्र्धनलाई प्राथमिकता दिएको छ । यो आयोजनामा सहभागी भएकाहरु क्षमता बिकास गरेर रोजगार प्राप्त गर्ने , शिप सिकेर साना तथा मझौला उद्योग सञ्चालन गर्न सक्षम भैरहेका छन ।
यो आयोजनाले बेरोजगारहरुलाई छोटो अवधिका विभिन्न बिषयमा निशुल्क शीपमुलक तालिम दिएर रोजगार बनाउन सहयोग गर्ने गरेको छ । अब कृषी आपुर्ति र कोभिडलाई प्राथमिकता संबृद्धि आयोजना प्रमुख सालिकराम दाहाल हाल सम्म छोटो अवधिको शीपमुलक तालिम लिएका युवाहरु रोजगारमा सफल भैसकेकोले आयोजना गरिबी निवारणमा सफल हुदै गएको दाबी गर्छन ।
उनका अनुसार आगामी आर्थिक बर्षमा कोभिडको मारलाई प्राथमिकता दिएर बैदेशिक रोजगारबाट फर्केकाहरु लाई तालिम दिएर रोजगार दिलाउने र साना तथा मझौला कृषकहरुलाई दुघ, माछा, बाख्रा, तरकारी र सुगन्धित जडिबुटी खेतीमा आवश्यक प्रबिधि सहितको ज्ञान दिएर पं्रोत्साहन गर्ने योजना छ । संबृद्धि कार्यक्रम सञ्चालन भैसके पछि प्रदेश १ र २ का गाउँ गाउँमा आर्थिक बिकासको लहर ल्याउनेमा आफु बिश्वस्त रहेको आयोजना प्रमुख दाहाल बिश्वास गर्छन ।
उनी भन्छन ‘संबृद्धिले बेरोजगारलाई शिप सिकाएर आत्मनिर्भर बनाउन सहयोग गरिहेको छ यसैले गाउँगाउँमा आर्थिक विकासको लहर ल्याएर गरिबी निवारण गरेरै छाडने छ ।’ रोजगारी बृद्धि गर्न फलदायी देखिएको संबृद्धि आयोजना असफल भए दातृ निकाय र नेपाल सरकार असफल हुने मात्र नभै देशको अर्थतन्त्रमा समेत असर पर्ने भएकोले सफल बनाउन सबै लागि पर्नुपर्ने उनको जोड छ ।
गरिबीको रेखामुनी र जोखिममा रहेकालाई प्राथमिकता आयोजना प्रमुख दाहालका अनुसार स्थानिय पालिकाहरु मार्फत तालिम कार्यक्रम सञ्चालन हुन्छन । तालिममा महिला, जोखिममा परेका समुदायलाई उच्च प्राथमिकता दिइने गरिन्छ ।
तालिम लिन पढेलेखेको हुनुपर्ने जरुरी छैन । परियोजना कोशी करिडोर कार्यालय ईटहरीका अनुसार गरिबीको रेखामुनी रहेका ८० प्रतिशतलाई आयोजनामा सहभागीताका लागि प्राथमिकता दिइनेछ । जसमा ३३ प्रतिशत महिला सहित ४० प्रतिशत युवा र ६० प्रतिशत बैदेशिक रोजगारबाट फर्केका र सामाजिक बहिष्करणमा परेकाहरुले अवसर पाउनेछन ।
अन्तराष्ट्रिय स्तरको सफल मोडलले उपलब्धि संबृद्धि कार्यक्रममा साझेदार सँस्थाहरुलाई परिचालन गरिरहेको हेल्भेटास नेपालका टीम लिडर बालमुकुन्द न्यौपानेका अनुसार अन्तराष्ट्रिय स्तरमा सफल भैसकेको मोडेल लाइ प्रयोग गरिएकोले संबृद्धि आयोजना पनि सफल बन्दै गइरहेको बताउँछन । उनका अनुसार रोजगार तालिममा युवाहरुलाई सहभागी गराउने मात्र नभएर बजारबाट उनीहरुले उपलब्धि के हासिल गरे भन्नेबारे संबृद्धिले बिशेष जोड दिने गरेको छ ।
टिम लिडर न्यौपाने भन्छन, ‘तालिम त जस्ले पनि दिन्छन तर हामीले बजारमा सेलेबेल हुनेखालेको छ छैन भन्नेबारे पनि साझेदार सँस्थाहरुलाई परिचालन गरेर अनुगमन मूल्यांकन गर्ने गरेका छौ ।’ २७ बढि बिषयमा आत्मनिर्भर तालिम संबृद्धिले निर्माण, मेकानिकल, ईलेक्ट्रिक, अटोमोवाइल, पर्यटन, स्वास्थ्य, सौन्दर्य, बैकल्पिक उर्जा, पलम्बर, हस्तकला, छाला बस्तु उत्पादन, रेप्रिजेरेसन, बालक हेरालु, कुकिंग, बुटिक, सिलाई बुनाई आदि विभिन्न २७ बढी बिषयमा दिर्घ र अल्पकालिन तालिम प्रदान गर्ने गर्दछ ।
तालिम लिनेहरु शीपमा दक्ष हुने भएकोले बैदेशिक रोजगारमा जान, आफै व्यवसाय गर्न र स्वदेशमै रोजगारी गर्न दक्ष हुने गर्दछन । के हो संबृद्धि आयोजना ? नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष बीच सन् २०१५ को डिसेम्बरमा सम्झौता भई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) कार्यान्वयनमा आएको हो । यो आयोजना प्रदेश–१ अन्तर्गतका ८ प्रदेश–२ अन्तर्गतका ७ जिल्ला र प्रदेश–३ को एकमात्र जिल्ला सिन्धुली सहित १६ जिल्ला २०८ पालिकामा कार्यरत छ ।
नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगत रहेको कृषि उद्यम केन्द्र र हेल्भेटास नेपाल यो आयोजनाका प्रमुख साझेदार तथा सरोकारवाला निकाय हुन् । यस आयोजनाको नेतृत्व नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्दछ ।
आयोजनालाई पुनःपरिष्कृत गरी सन् २०१७ नोभेम्बर देखि सन् २०२२ डिसेम्बरसम्म (५ वर्ष) सञ्चालनका लागि योजना तय गरिएको छ । व्यवसायीक रुपले रोजगारी सृजना गरि आयआर्जन बढाउन, युवाहरुलाई बैदेशिक पलायन हुनबाट रोक्न, ठूला र साना उद्योगहरु बिच सम्बन्ध स्थापित गराई उत्पादन बढाउन अनि बैदेशिक रोजगारबाट भित्रिएको बिप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा लगाउने उद्देश्य रहेको छ ।
संबृद्धि कार्यक्रमले प्रत्यक्ष ३० हजार युवालाई प्रत्यक्ष रोजगारी दिलाउने, ५० हजारलाइ बित्तिय शिक्षा र व्यावसायिक ज्ञान दिलाउने, १ लाख जनालाई बैदेशिक रोजगारीका लागि दक्ष बनाउने लक्ष्य लिएको छ ।