धरान मेघा हिमालयन कलेज द्धारा उदयीमान धावकलाई सहयोग

  • असार १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt तस्विरः विकास चाम्लिङ राई

धरान/ धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिवार खेलाडिहरुलाई स्पोर्टस जुत्ता प्रदान गरेको छ ।

नियमित रुपमा हरेक शनिवार धरान रन द्धारा आयोजना गर्ने ३ कि.मि रनको पाच सय ८२ औ हप्ता रनमा धरान मेघा कलेजले सहयोग प्रदान गरेका हुन ।

धरान रनले शनिवारको दौडलाई “ धरान मेघा हिमालयन कलेज ५ सय ८२ औ हप्ता रन” नाम दिएका थिए । कलेजको तर्फ वाट उदयीमान खेलाडि अर्पन राई, अमित मगर, सुजित विक, सुरेन राई र विपिन राईलाई स्पोर्टस जुत्ता प्रदान गरिएको थियो ।20230701_091407

यसैगरि २० हप्ता पुरा गरेका आयुस तामाङ, ५० हप्ता दौड पुरा गरेका प्रज्वल तामाङ र सत्यहाङ राईलाई टिर्सट प्रदान गरिएको थियो ।

उनिहरुलाई धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलास लिम्वु, धरान रनका अध्यक्ष रोमु राई, धरान रनका धाविका सविता राई र जमुना लिम्वुले प्रोत्साहन पुरस्कार वितरण गरेका थिए ।20230701_091635-(1)

धरान मेघा कलेजले आफ्ना विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई विशेष महत्व दिंदै आइरहेको छ ।

खेलकुद मार्फत सामाजिक कार्य गर्दै आइरहेको धरान रन संस्था संग समन्वयन गरि सहयोग गरेर कलेजले सामाजिक उत्तरदायित्व निभाएको धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले वताए ।

शनिवार विहान देखि वर्षा भए पनि ५ सय ८२ औ हप्ता रनमा २ सय १९ जनाले दौडिएका थिए ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved