सफ्ट टेनिस राष्ट्रिय प्रतियोगितामा एकै महिलाले खेलिन तीन वटा फाइनल खेल

  • असार १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt तस्बिरमा पुरस्कार थाप्दै जर्जिया चौधरी

विराटनगर /  सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् ।

बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छन् । तीन वटा खेलमा उनले नगद ८५ हजार रुपैंया पाएकी छन् ।

उनी विराटनगरमा रहेका फुटवल प्रशिक्षक पारस चौधरी र एथलेटिक्स प्रशिक्षक उषा चौधरीकी छोरी हुन् ।

पांच स्पर्धामा कोशी प्रदेशले तीन वटामा प्रथम स्थान ल्याउन सफल भएको छ ।

बागमतीले र सशस्त्र प्रहरीले एक, एक बिधामा प्रथम स्थान ल्याएका छन् । बागमतीबाट खेलेकी जर्जियाले महिला एकल तर्फ लुम्बिनीका ऋतिका चौधरीलाई ४–१ ले पराजित गरिन ।
मिक्स डबलमा कोशी प्रदेशका श्रेया योन्जन र श्रेया राईको जोडिले बागमतीका जर्जिया र चन्द्रमाया राईलाई १०–८ ले पराजित गरे ।

मिक्स डबलमा सशस्त्र प्रहरीका कमल भण्डारी र भगवती बिकको जोडीले बागमतीका प्रदिप खत्री र जर्जियालाई ५–३ ले पराजित गरे ।

पुरुष एकलमा कोशीका युकेश योन्जनले बागमतीका प्रदिप खत्रीलाई ४ शुन्यको सोझो सेटमा पराजित गरे । पुरुष डबलमा कोशीका युकेश योन्जन र आशिष बोहराले कोशीकै आभास बुढाथोकीलाई ५–२ ले पराजित गरे ।

प्रथम हुनेलाई नगद ३५ हजार, दोस्रोलाई २५ हजार र तेस्रो हुंने दुईलाई १० हजार रुपैंयाका दरले नगद सहित मेडल प्रदान गरियो ।

खेलकुद विकास बोर्ड कोशी प्रदेश र मोरङ जिल्ला सफ्ट टेनिस संघ विराटनगरमा १३ गतेदेखि संचालन गरेको प्रतियोगिता शनिबार बेलुका सकिएको छ ।

बिजेताहरुलाई प्रहरी नायव महानिरीक्षक राजेश बास्तोला, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, संकट टेनिस संघ जिल्लाका अध्यक्ष श्याम लामा लगायतले पुरस्कार प्रदान गरे ।

महिला तर्फ लुम्बीनिका ऋषिका चौधरीले लुम्बीनीकै रोशिका पोखरेललाई ४–१ ले, बागमतीका जर्चिया चौधरीले सशस्त्र प्रहरीका भगवती चौधरीलाई ४–२ ले पराजित गरेर फाइनल पुगेका छन् ।

क्वाटर फाइनलमा भगवतीले कोशी प्रदेशकी याना राजभण्डारीलाई ४ –२ ले पराजित गरेकी थिइन् ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved