धरानमा नौलो खेल कुराँश प्रतियोगिता शुरु

  • जेठ २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानमा भएको राष्ट्रिय स्तरको कुराश प्रतियोगिता आयोजना भएका छ । दोस्रा्रे संस्करको प्रतियोगिता भएपनि धेरैलाई यो खेलको बारेमा थाहा छैन ।

०७३ सालमा पहिलो पटक काठमाण्डौमा भएको राष्ट्रिय स्तरको प्रतियोगिता दोस्रो संस्कारण धरान १३ अमरहाटको कभर्ड हालमा शनिवबारबाट शुरु भएको हो । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ । यो खेल उज्वेकिस्तानबाट शुरु भएको मानिन्छ । नेपालमा भने यो खेललाई नौलो नै मानिएको छ । 

 यस खेलको विकासका लागि नेपाल कुराँस संघ समेत गठन गरिएको छ र यस खेललाई राष्ट्रिय खेलकुद परिषदले सहयोग पु¥याउदै आएको छ । पोखरामा गर्ने तय भएको दोस्रो कुराँस प्रतियोगिता पूर्वाञ्चलमा समेत प्रचारप्रसार होस् भन्ने उद्देश्यले धरानमा आयोजना गरिएको हो ।

सन २०१६ मा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएपछि यो खेलको विकासमा खेलाडी तथा कुरास सघ जुटेको हो ।नेपाल कुरास संघका केन्द्रीय अध्यक्ष धुव्रराज न्यौपानलेले ६ बर्ष अगाडि नेपालमा जन्मेको यो कुराँश खेल एसियन प्रतियोगितामा समेत भाग लिइसकेको बताउनु बताए ।

यो खेललाई नेपालमा पनि समावेश गर्दै विकास गर्ने लक्ष्यका साथ खेललाई अगाडि बढाइएको बताए । उनले यो खेलको प्रवद्र्धनका लागि कोचको उत्पादन गर्ने, खेलाडी उत्पादन गर्ने, अधिक भन्दा अधिक प्रतियोगिताहरु गराउने, रेफ्री सेमिनार गर्ने र खेल खेल्नका लागि चाहिने पूर्वाधारको विकासमा संघ जोडतोडले लागेको बताए ।

यो प्रतियोगितामा सातै प्रदेशबाट सहभागिता जनाएका छन् । धरान १३ कभर्ड हलमा आयोजना गरिएको सो प्रतियोगिता यहाँ आयोजना हुने प्रतियोगितामै नितान्त नौलो प्रतियोगिता भएको धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लले बताए ।

उनले पोखरामा हुन लागेको यो दोस्रो कुराँस प्रतियोगिता संघकै पदाधिकारीले धरानमा ल्याएकोप्रति खुशी व्यक्त गरे ।प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका उपममेयर अइन्द्रविक्रम बेघाले गरेका छन् । सातै प्रदेशका खेलाडी सम्मिलित सो प्रतियेगितामा विभिन्न तौल समूहका १ सय ५२ खेलाडीले प्रतियोगितामा भाग लिएका छन् ।

dharan game 22

प्रतियोगितामा विजेता, उपविजेता तथा विभिन्न टाइटल विजेतलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । नितान्त नौलो प्रतियोगिता भएकै कारण धरानेहरुले समेत यो खेलमा चासो देखाएका छन् । प्रतियोगीतामा महिला जुनियरतर्फ ३६ केजीमुनि, ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि र ६३ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी महिलाकै सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि प्रतिस्पर्धा हुदैछ ।

यसैगरी पुरुष जुनियारमा २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ५० केजीमाथि तौल समूहकाले प्रतिष्पर्धा गरेका छन् भने सिनयर तर्फ ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७३ केजीमुनि र ७३ केजीमाथि तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

खेलाडीहरूले १९ स्वर्ण पदक, १९ रजत पदक र ३८ कास्य पदक सहित उत्कृष्ट खेलाडी १ महिला, १ पुरुषले अतिरिक्त पदकका लागि प्रतिष्पर्धामा उत्रिएको आयोजकले जनाएको छ ।

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved