यस्तो छ धरान सहितका क्षेत्रमा तापक्रम बढ्नुको कारण "भारतको केरला आइपुुग्यो मनसुन"

  • जेठ २६, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पछिल्लो सात दिन देखि पुुर्वी नेपालको तापक्रम अत्याधिक बढेको छ ।गर्मिका कारण विद्यालयहरु बन्द भएका छन् भने बजारहरु सुनसान हुन थालेका छन् । गर्मि अध्याधिक बढेपछि बजारहरुपनि प्रभावित भएका छन् ।जल तथा मौसम विज्ञान विभागले अझै ७ देखि १० दिन तापक्रम केही बढ्ने जनाएको छ ।
किन बढेको छ तपाक्रम ?
७ वर्ष अघि २०७३ वैशाखमा पनि नेपालमा कडा खडेरी लम्बिएको थियो । यसैको प्रभावले हिउँदभर औसतभन्दा अति कम वर्षा भएको थियो भने औसतभन्दा निकै कम वर्षा भएको थियो ।अहिलेको जस्तो अबस्था त्यसबेलापनि भएको थियो । यसरी मौषमलाई प्रभाब पर्ने अबस्थालाई ‘अल निनो’ भनिन्दै आएको छ ।
के हो ‘अल निनो’ ?
अल निनो एक प्राकृतिक मौसमी प्रक्रिया हो । प्रशान्त महाशाखाको सतहमाथिको तापक्रममा ०.५ डिग्रीभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै अल निनो इफेक्ट हो । अनलाईन खबर डटकमले वरिष्ठ मौसमविद मणिरत्न शाक्यलाई उदृत गर्दै लेखिेको छ ‘ दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने सिस्टम भनेको प्रशान्त महासागरमा देखिने अलनिनो र लानिनो गतिविधि हो । समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई अलनिनो भनिन्छ । यसो हुँदा दक्षिण एसियामा कम वर्षा हुन्छ ।’
अलनिनोको ठिक उल्टो लानिनो हो । अर्थात् समुद्रको पानी औसतभन्दा चिसो भयो भने त्यसलाई लानिनो भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ ।
नेपालका प्रभावित क्षेत्र
नेपालमा अहिले अत्यधिक गर्मीको अवस्था छ । जल तथा मौषम विज्ञान विभागले गरेको मापन अनुसार नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगामा रेकर्ड नै ब्रेक हुने गरी अधिकतम तापक्रम मापन भएको छ । सबैभन्दा बढी नवलपुरको दम्कौलीमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको छ ।तराई मधेशका धेरैजसो जिल्लाहरुमा औसत ४० डिग्री सेल्सियस तापक्रम पुग्दा जनजीवन प्रभावित भएको छ । धरान,इलाम र ओखलढुुङगा यो चक्रमा सबैभन्दा धेरै तापक्रम बढेका ठाउ हुन् ।
मनसुन आइपुुग्न ७ देखि १० दिन लाग्ने
अल निनोको प्रभाब सकिएसँगै यो सिजनको मनसुन सुरु हुने विभागले जनाएको छ । अहिले भारतको केरलामा आइपुुगेको मनसुन नेपाल छिर्ने अर्लाम लागेको विभागका अधिकारीले जनाएका छन् । सेतोपाटी टडकमले जल तथा मौसम विज्ञान बिभागका अधिकारीहरु सँग गरेको कुराकानीका आधारमा हेर्ने हो भने अबको ७ देखि १० दिन पछिबाट नेपालमा मनसुन भित्रने छ । मननसुन भित्रीएपछि तापक्रम केही घट्ने छ भने पानी पर्न सुरु हुने छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved