विराटनगर / विराटनगर स्थित बस पार्कबाट महानगर प्रहरीले सुर्तीजन्य पदार्थ बरामद गरेको छन । प्रभातकालीन अनुगमनका क्रममा खुलेआम सुर्तीजन्य पदार्थ जता सुकै बिक्रि वितरण गरेको भेटिएपछि महानगरका मेयर नागेश कोइरालाले महाननगर प्रहरीलाई तत्काल बरामद गर्न निर्देशन दिएका छन ।
मेयर कोइरालाको निर्देशन पछि महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा खटिएको टोलीले गुट्खा, खैनी लगायतका सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।
पछिल्लो समय मेयर कोइरालाले सरसफाई, विकास निर्माण, सुर्तीजन्य पदार्थ, खुल्ला रुपमा विक्रि गरेको अधिकास बजारका चोकमा भेटिए त्यसता विक्रि हुने सामानहरुको रोकथाम गर्ने उदेशयले बजारको व्यवस्थापनमा समेत सुधार गर्ने गरि प्रभातकालीन अनुगमन गदै्र आएका छन ।
महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गर्दै आएको छ । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रि वितरण कारण बजार व्यबस्थापनमा समेत अव्यवस्थित देखिने भएकाले माहानगरका व्यवसाय क्षेत्र सफा ,सुन्दर देखिने भएकाले पनि अनुगमन गरेको बताए ।
मेयर कोईरालाले आगामी साउन १ गतेदेखि महानगरले सुर्तीजन्य पदार्थको बिक्रि वितरणको अनुमतिपत्र र नवीकरण समेत गरि व्यवसाय गर्ने निति बनाएर लागु गर्ने बताए ।