सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमन

  • जेठ २५, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

बिराटनगर / कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमन गरेका छन ।

उनि संगै सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल, राष्ट्रिय अनुसन्धान निर्देशक कृष्ण प्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकाल लगायत सुरक्षा निकायका प्रमुखहरुले सुनसरी जिल्लाको सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमन गरेका छन । 

अनुगमनको क्रममा सुरक्षा निकायका प्रमुखहरुले सिमावर्ती इलाकाहरुमा परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा अन्तरक्रिया छलफल समेत गराएका छन ।

anugamanp555

 

उक्त अन्तरक्रिया कार्यक्रममा सिमावर्ती एरिया र इलाकामा परिचालित रहेका सुरक्षाकर्मीहरुबाट उठेका प्रश्नहरुको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रदेश प्रमुख द्वारा आफ्नो धारणा राख्नुका साथै सीमा नाकाबाट हुने गरेका गैरकानूनी कृयाकलाप रोक्न सबैले आपसी समन्वय र सहकार्य गरी एउटै टिमको रुपमा प्रस्तुत भई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल कप्तानगंजमा भएको निर्देशन तथा अन्तरक्रिया कार्यक्रममा सुनसरीको अमडुब्बा, सितागंज, साहेवगंज, देवानगंज, राजगंज सिनवारी, चिमडी एरियामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालका युनिट ईन्चार्जहरु समेत सहभागी रहेका थियो ।

भने सिमा सुरक्षा वेस उल्टी सुनसरीमा भएको निर्देशन तथा अन्तरक्रिया कार्यक्रममा भाण्टावारी, लौकही,नरसिंहटप्पु,भुटाहा, हरिनगरा एरियामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालका युनिट ईन्चार्जहरुको सहभागी रहेका थिए ।सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमनको क्रममा उक्त एरियामा रहेका भारतिय सुरक्षा निकायका पदाधिकारीहरुसंग समेत संक्षिप्त अन्तरक्रिया समेत भएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved