पिण्डेश्वर मन्दिरमा पानी माग्दै यज्ञ

  • जेठ २४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

 

धरान । विश्वमा देखिएको प्रचण्ड गर्मी लामो खडेरीका कारण सम्पूर्ण प्राणी जगत, चराचुरुंगीलाई समस्या परेको भन्दै उनीहरुले प्रजन्य (बर्षा वृष्टि गर्ने) यज्ञ गरेका हुन् ।

लामो समयदेखि परेको खडेरीका कारण प्राणी जगतलाई समस्या भएको भन्दै धरान १४ पिण्डेश्वर मन्दिरमा ब्राम्हणहरुले यज्ञ गरेका छन् ।

लगातारको खडेरीका कारण पानी नपर्दा प्राणी जगतलाई नै समस्या परेको भन्दै भगवान शिवलाई पानी पारिदिन अनुरोध गर्दै २७ जना व्राम्हणले होमका यज्ञ गरेका हुन् ।

 

भगवान शंकरको आराधान गर्दै यज्ञको आरम्भ गरिएको पण्डित धर्मराज तिम्सिनाले बताए । उनले विगतमा समेत लामो समय खडेरी पर्दा प्रजन्य यज्ञ लगाउने गरिए पनि विस्तारै यस्तो प्रथा हराउदै गएको बताए ।

२५ बर्ष अगाडि धरानको शिव मन्दिरमा यस्तै प्रकारको खडेरी हुदा ब्राम्हणहरुले प्रजन्य यज्ञ लगाएको स्मरण गर्दै त्यसबेला यज्ञ सकिनसाथ पानी परेको उनले बताए । तर यसपछि भने यो धरानमा पहिलो यज्ञ भएको उनले बताए ।

 

तिम्सिनाले व्राम्हणहरुको सहभागितामा गरिएको यो यज्ञमा कसैलाई दक्षिण दिनुपर्ने स्वस्फूर्त रुपमा ब्राम्हणहरुले यो यज्ञको आयोजना गरिएको बताऐ । उनले यो यज्ञपश्चात पक्कै पानी पर्ने विश्वास लिएको बताए ।

२७ जना ब्राम्हण गुरुद्वारा रुद्री पाठ, रुघु रुद्री पाठ, चण्डी पाठ, वेद पाठ, हनुमानको जप, नागको जप गरेका थिए ।

उनले यो यज्ञमा विश्वास गर्नेहरुले सहयोग समेत गरेको बताए । विगतमा कोरोना संक्रमणको समयमा गीता मन्दिरमा राखिएको यज्ञमा समेत सहयोग गरेका धरान निवासी रमेश श्रेष्ठ र विमला श्रेष्ठ, दन्तकली इलेक्ट्रोनिक्सका सचालक पितरुमल अग्रवालले यो यज्ञमा समेत सहयोग पु¥याएको तिम्सिनाले बताए ।

लगातारको खडेरीले जनजीवन नै प्रभावित भएको अवस्थामा यज्ञ गर्दा पानी पर्ने विश्वास लिएर यज्ञमा खटिएका गुरुहरुलाई जलपानको व्यवस्था गरिएको धरान ७ की विमला श्रेष्ठ बताछिन् ।

उनले कोरोना सक्रमणको समयमा धरानको गीता मन्दिरमा लगाएको यज्ञमा समेत सहयोग पु¥याएको र यज्ञपश्चात कोरोना संक्रमण कम हुदै गएको बताउँदै प्रजन्य यज्ञपश्चात पानी पर्ने विश्वास गरिन् ।

पिण्डेश्वर मन्दिर अगाडि विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म यज्ञ गर्ने स्थल नै बनाएर ब्राम्हणहरुले यज्ञ गरेका थिए । यो यज्ञ धरानमा २५ बर्ष पछाडि गरिएको बताइएको छ । सायद यस्तो खालको यज्ञ अन्यत्र नभएर धरानमा नै यो बर्ष पहिलो भएको ब्राम्हणहरुको दाबी छ ।

यज्ञ, जप जस्ता धार्मिक कार्यहरु सर्वसाधारणले विस्तारै छोड्दै गएको बताउदै समय समयमा यस्ता खालका यज्ञहरु गर्न सके पृथ्वीमा संकट नहुने उनीहरुले विश्वास व्यक्त गरेका छन्

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved