वडाध्यक्षले शक्तिको दुरुपयोग गर्दे आफनै श्रीमतीलाई बृद्धा भत्ता दिएको खुलासा

  • जेठ २३, २०८०
  • रबिन्द्र बराल 
alt

मोरङ / मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुईटेलले आफ्नै श्रीमतीको उमेर बढाएर बृद्भा भत्ता लिने गरेको रहस्य सार्वजनिक भएको छ । वडाध्यक्ष तुलाराम लुईटेलले    आफ्नै  श्रीमती भक्त कुमारी लुइटेललाई २०७९ चैत्र १ गते देखि सामाजिक सुरक्षा भत्ता दिन थालेको देखिएको छ ।

उनकि श्रीमती भक्त कुमारी लुइटेलले २०४६ सालमा नागरिकता बनाउने टोली गाँउघरमा आउँदा नागरिकता लिदा उनको जन्म मिती २०१८ माघ ९ गते रहेको रदेखिएको छ । त्यसको आधारमा उनको उमेर ६१ बर्ष मात्रै पुग्ने देखिएको छ ।

त्यसैको अनुसार मतदाता परिचपत्रमा समेत २०१८ जन्म मिति कायम भएको पाईन्छ । भक्त कुमारीले ईलाका प्रशान कार्यलय रंगेलीबाट २०७८ माध १० अर्काको नागरिकता लिएको देखिन्छ । उनको प्रतिलिपी नागरिकतामा जन्म मिती २०११ माघ ९ गते कायम गरेको रत्यसको आधारमा उनको उमेरको गणना गर्दा ६८ बर्षको पुगेको देखिन्छ ।

morang-pp3

 

तर नेपाल नेपाल सरकारले बृद्भा भत्ता दिनका लागि ७० बर्ष कायम गरेको हुनु पर्ने नियम तोकिए पनि उनले १ बर्ष अगाडि देखि नै ६८ बर्षको उमेर देखिनै भत्ता कायम गरेपछि दुरुपयो गरेको देखिएको छ । अहिले बृद्भा भत्ता खाने बृद्धाहरुको संख्या समेत बढिरहेको छ ।

सोहि भत्ता खानका लागि वडाध्यक्षले आफ्नो श्रीमतीको उमेर समेत ६८ बर्ष को बनाएर सत्ताको दुरुपयोग गरेर मासिक ४ हजार रुपैयाँ बुझ्ने गरेको पाएको छ । तुलाराम लुइँटेल नेकपाएमाले बाट दुई पटक वडाध्यक्ष पदमा बिजय भएका हुन ।

उनले वडा कार्यलयको रेकडका अनुसार सप्तकोसी बैकमा नगरले पठाएको फोटो सहितको अभिलेखमा फोटो समेत नगारिकता बाटस्क्यान गरेर पठाएको भेटिएको छ । तर आम सर्वसाधारणहरुको रेडकमा भने आटो साईजको फोटो टांसने गरेको देखिन्छ ।

तर उनको श्रीमती अरुको सर बृद्भा भत्ता स्टिम समेत नदेखिदा जान बुझगरि गरिएको अनुमान गर्ने सकिन्छ । यस बिषयमा वडाध्यक्ष तुलाराम लुइँटेल संग कुरा गर्दा उनले भने, मेरो नियत त्यस्तो नभएको मतदाता परिचयपत्रमा मात्रै २०१८ सालको जन्म भएको तर नागरिकतामा भने २०११ साल नै रहेको दावी गरेका छन । 

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved