विद्यालय स्तरिय नाटक प्रतियोगिताको उपाधी जेसि बाल सदनले जित्यो

  • जेठ २३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

बिराटनगर / जेसीजको आयोजनामा एक दिने विद्यालय स्तरिय  नाटक प्रतियोगिता बिराटनगरको आरोहण गुरुकुलमा सम्पन्न भएको छ । बिराटनगर क्षेत्र भित्र रहेका बिधालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

बिद्यार्थीलाई वातावरण संरक्षण प्रति सचेत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बिराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले बताएका छन ।

उक्त नाटक प्रतियोगितामा प्रथम जेसि बाल सदनले प्रथम स्थान हासिल गदै रु १० हजार द्वितीय स्थान ल्याएको बुढानिलकण्ठ स्कुलले रु ७ हजार ५ सय र तृतीय स्थान हासिल गदै एभरेस्ट स्कुलले नगद ५ हजार प्रमाण पत्र ,शिल्ड प्राप्त गरेको छ ।

biratngar-pp555

उक्त प्रतियोगिताले नयाँ पुस्तालाई वातावरण संरक्षणमा जोड्नका लागि आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी बिराटनगर महानगरपालिकाका उप मेयर शिल्पा निराला कार्कीको उपस्थीति रहेको थियो ।

कार्यक्रम संयोजक सन्देश कोइरालाले गरेका  हुन । सो कार्यक्रममा‌ सहभागी सबै लाई एक बिरुवा उपलब्ध गराइएको र उक्त कार्यका लागि दिगो बिकास संस्था संग समन्वय गरेर कार्यक्रमको आयोजना गरिएको र करिब ५ जना लाई उक्त बिरुवा उपलब्ध गराइएको शृजन रेग्मिले बताइन।

प्रतियोगिताको निर्णायकमा बिराटनगर जेसीजका पुर्व अध्यक्ष देबेश प्रधान, वातावरण विद शाहिल श्रेष्ठ र कलाकार सुनिता घिमिरे रहेका थिए। उप प्रमुख शिल्पा निराला कार्कीले सहि समयमा सहि कार्यक्रम जेसीजले आयोजना गरेको र यसले बिद्यार्थीको चौतर्फी विकासमा सघाउ पुर्याउने भन्दै शुभकामना ब्यक्त गरेकी छन ।

सुनसरीका एसपीलाई आयो ...

एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको ...

धरानको बिजिनेश एक्स् ...

धरान/“झिमझिमाउने आँखाले” बोलको गीत अहिल ग्ल ...

ताप्लेजुङबासी पाथीभर ...

धरान/  धरानमा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल ...

अपांग तथा असहाय केन् ...

धरान/  बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved