विपद् व्यवस्थापन पूर्व तयारी गोष्टि सम्पन्न ।

  • जेठ २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

रंगेली / विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि नगर स्तरीय कार्यशाला गोष्टि भएको छ । सोम्बार रंगेली नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिका भरि रहेका खोला नालाहरु मा बर्खाको समयमा नगर बासिले खोलानाला बाट भोग्नु पर्ने समस्या र सवधानका लाई बर्षा सुरु हुनु अगावै के कसरी त्यस्ता जोखिम बाट बचन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियोे ।

उक्त कार्यक्रममा बक्राह खोला, चिस्याङ खोला, मरिया खोला, डाँस खोला लगायत अन्य खोला नालाले वाडी पस्ेको घरधुरी हरु कत्तिको जोखिम रहेको भन्ने बिषयमम छलफल समेत भएको थियो। कार्यक्रममा वडा नं ३ मा रहेको चिसाङ खोलाले विगतमा काजीमान चोक देखि बाबुसाहेब टोल र साधुटोल सम्म बाढी पसेर डुबान हुने गरेको थियो ।

kmc_20230605_091657

यस बर्ष देखि बर्षोको समयमा रंगेलीका धेरै ठाउँमा सुरक्षित रहेता पनि केही भाग मात्रै टकान हुने देखिने सहभागीहरुले बताए ।
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रम नगर प्रमुख दिलिप बगडिया,उपमेयर भुमा पराजुली,कार्यकारी अधिकृत ओमकार प्रसाद न्यौपाने को वडा अध्यक्षहरु,कार्यापालीका सदस्यहरु त्यसैगरी नेपाल प्रहरीका प्रतिनिधि,ससस्त्र प्रहरीका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

सो कार्यक्रमको प्रशिक्षक सहजकर्ता राम कुमार दाहालले गरेका थिए । सबै वडाका अध्यक्षहरुले आफ्नो वडा भित्ररहेको कटान क्षेत्रहरुको बारेमा समेत जानकारी गराएका थिए ।रंगेली नगरपालिकाको आयोजना तथा लुथरन सामुदायिक कल्याण समाजको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved