दलित जनप्रतिनिधि महासंघको अध्यक्षमा दिपक बिश्वकर्मा

  • जेठ २२, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  स्थानीय तहका दलित जनप्रतिनिधिहरुको राष्ट्रिय भेलाले धादिङको निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक बिश्वकर्माको अध्यक्षतामा स्थानीय तह दलित जनप्रतिनिधि महासंघ गठन गरेको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा शनिबारदेखि सुरू भएको भेलाले २१ सदस्यीय तदर्थ समितको गठन गरेको हो।महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन्।

त्यसै गरि महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा चयन भएका छन्। भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना बिक उपमहासचिव चयन गरेको छ।

महासंघको सचिवमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपमेयर खुम बहादुर चयन भएका छन्। कोषाध्यक्षमा लुम्बिनी संस्कृती नगरपालिका रूपन्देहीका उपप्रमुख कल्पना हरिजन छन् ।

त्यसै गरि सदस्यहरुमा ढुङ्गा राज बिश्वकर्मा, धन बहादुर बिक, शेर सिंह पार्की, खड्ग बिक, संगीता कुमारी राम, उमा गोतामे, सुस्मिता सापकोटा, राजु तिरुवा, दिपादेबी पासवान, मानकुमारी पाखृन, धनसुवा बिक, बासमती चमार, शिवकान्ती चमार र रामकला सार्की रहेका छन ।

दलित समुदायबाट प्रमुखमा निर्वाचित ३ जना जनप्रतिनिधिहरु सल्लाहकार रहेका छन् । उपप्रमुख, गाउपालिका अध्यक्ष, उपाध्यक्ष सम्मिलित महासंघ गठन भएको हो । समितिले संस्था दर्ता गरेर ६ महिनामा महाधिवेशन गर्ने जिम्मेवारी पाएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved