गर्भवती महिलालाई पोषण सामग्री वितरण

  • जेठ १६, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / विराटनगर महानगरपालिकाले गर्भवती महिलाहरुलाई पोषणसहितका सामग्री वितरण गरेको छ ।
१६ औं गणतन्त्र दिवसको अवसर पारेर विराटनगर –१८ स्थित फडानीमा आयोजित एक कार्यक्रममा महानगरले १ थान ठूलो छाता (लाहुरेछाता), १ थान झुल, ५ थान नुहाउने साबुन, ३ किलो मिक्स गेडागुडी र एक क्रेट अण्डा वितरण गरेको हो ।

कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, १८ नम्बर वडाका अध्यक्ष जितेन्द्रकुमार साह, सामाजिक समितिका सदस्य सरिता घिमिरे नेपाल,ओमप्रकाश साह, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया लगायतले गर्भवती महिलाहरु लाई पोषण सामग्री वितरण गरेका थिए ।

कार्यक्रमा बोल्दै मेयर कोइरालाले गर्भाअवस्थामा राम्रो पोषण तथा नियमित गर्भ चेक जाँच गर्ने सके गर्भमा भएको बच्चा तथा आमाको स्वास्थ्य राम्रो हुने बताएका।उनले महानगरपालिकाले गर्भवती आमाहरुका लागि प्रसूति गराउन उपलब्ध गराउँदै आएको निःशुल्क प्रसूति एम्बुलेन्स सेवा लिनसमेत आग्रह गरेरेका छन ।

sibir-333p

त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले गर्भ अवस्थामा निरन्तर ८ पटक सम्म गर्भ जाँचदनुभयो गर्नुपर्ने, ४ महिनाको गर्भ भएदेखि नियमित रुपमा आइरन चक्की खानुपर्ने, जुकाको औषधि सेवन गर्नुपर्ने साथै टीटी सुई लगाउनुपर्ने र आवश्यकता अनुसार जुनसुकै बेला स्वास्थ्य सल्लाह लिन बताईन ।

वडा नम्बर १८ का अध्यक्ष जितेन्द्र साहले महानगरपालिकाले पछिल्लो समय विकास सँगै स्वास्थ्य सेवामा समेत दक्षिण क्षेत्रलाई विशेष प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गरेका छन । सेवाबाट टाढा रहेका लक्षित समूहलाई लाभान्वित हुनेगरी सम्बन्धित स्थानमै पुगेर पोषण सामग्री वितरण गरिएको छ ।

उक्त काईक्रमा एएनसी प्रोफाइल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. उषा खनालद्वारा निःशुल्क रुपमा स्वास्थ्य जाँच समेत गरिएको थियो । स्वास्थ्य जाँचपछि आवश्यक औषधि वितरण गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिएका छन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved