सुनसरीमा १२ हजारभन्दा बढी नयाँ नागरिकता र ११ हजार भन्दा बढी राहदानी वितरण

  • जेठ १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा मात्रै १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको जनाएको छ ।

सुनसरीकी प्रजिअ हुमकला पाण्डेका  अनुसार चालु आर्थिक वर्षको साउन देखि चैत मसान्त सम्ममा यतिका संख्यामा  नयाँ नागरिकता जारी गरिएको हो । नयाँ नागरिकता जारी सँगै नागरिकताको प्रतिलिपी समेत चालु आर्थिक बर्षको यही अवधिमा उल्लेख्य रुपमा वितरण गरिएको पाइएको छ ।

प्रजिअ पाण्डेका अनुसार सोही अवधिमा ११ हजार ३ सय ३९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । उनले भनिन्–‘चालु आवको पहिलो नौ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कुल २३ हजार ५ सय १६ जनाले नागरिकता लिएका छन्, यो अवधिमा तीन सय ८५ वटा मुद्दा दर्ता भएका छन् भने दुई सय ४४ मुद्दा फछ्र्योट भएको छ ।’

नागरिकता बनाउनेमात्र हैन वैदेशिक रोजगारीका लागि युवाहरुको मोह बढ्दै गएको पाइएको छ । यो अवधिमा राहदानी बनाउनेको संख्या समेत उल्लेख्य रहेको प्रजिअ पाण्डेले जानकारी दिइन् । उनका अनुसार नौ महिनाको अवधिमा ११ हजार ४ सय नौवटा राहदानी वितरण भइसकेको छ भने राहदानीका लागि १६ हजार ९२ थान निवेदन दर्ता भएका छन् ।

यी मध्ये ६६ वटा राहदानी विभागमा सिफारिस गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार चालु आर्थिक बर्षको यही अवधिमा २० लाख १३ हजार ७ सय ५० बराबरको राहत वितरण गरेको छ । यस्तै असहाय एवं विपन्न परिवारका ५ सय ३५ जनालाई कम्बल वितरण गरेको प्रजिअ पाण्डेले जानकारी गराइन् ।

उनले यो अवधिमा बजार अगमनलाई समेत तिब्रता दिएको बताइन् । उनले भनिन्–‘सोही अवधिमा २४ वटा बजार अनुगमन, १३ वटा सार्वजनिक निकायको अनुगमन, सुरक्षा निकाय ३९ र जिल्ला सुरक्षा समिति ३२ वटा अनुगमन गरेको गरेका छौं ।’

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved