अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता समापन्न् " एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिजलाई उपाधी"

  • जेठ १३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

 

 विराटनगर /पहिलो अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ ।

मिल्स फार्क क्लबको आयोजनामा विराटनगर – १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि जितेको हो ।

 प्रतियोगिताको सब जुनियर छात्रतर्फ बुढानिलकण्ठ स्कुलका रिजन पाण्डे प्रथम, सगरमाथा स्कुलका अभिषेक मुखिया दोश्रो भएका छन् । तेश्रो मोरङ पब्लिक स्कुलका रिजुल निरौला र सगरमाथाका अमन साह भए । सोहि समुहको छात्रातर्फ एभरेष्ट स्कुलका कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर विद्यालयका स्वाति साह दोश्रोे र तेश्रो एभरेष्टका बंसिका जैन तथा सेन्टम्यारिजका आस्था खड्का भइन् ।

 यसैगरी जुनियर सिंगल छात्रतर्फ एभरेष्टका सुशान्त मेहता प्रथम, बुढानिलकण्ठका रुपेस श्रेष्ठ दोश्रो भएका छन् । तेश्रो जेसी बाल सदनका रिसित साह र सगरमाथाका सोमु महतो भए । सोहि बिधाको छात्रातर्फ सेन्टम्यारिजका आरनबी भट्टराई प्रथम, सोहि विद्यालयका अपाला साह दोश्रो, विज्ञता थापा र स्वीकृति भट्टराई तश्रो भएकी छिन् ।

प्रतियोगिताको छात्र जुनियरतर्फको बेस्ट प्लेयरमा पुर्वाञ्चल विद्या सदनका अस्मिन तामाङ र छात्रातर्फ गोदावरी स्कुलका प्रसन वगाले घोषित भएका छन् । प्रतियोगिताको उदियमान खेलाडी पिटरप्यानका निरजजंग थापा घोषित भए । सोही अवसरमा टेवल टेनिस खेलाडी विश्व बानिया सम्मानित भए ।

प्रतियोगितामा विराटनगरका दुई दर्जन स्कुलका एक सय बढी खेलाडीहरुको सहभागिता रहेको थियो । विजय हुने खेलाडीहरुलाई विराटनगर १६ का वडाध्यक्ष उद्धव थापा, फार्क क्लवका अध्यक्ष धनकुमार लामा, नेपाली काग्रेसका नेता राजेश कुमार गुप्ता लगायतले पुरस्कार वितरण गरेका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved