महिला बास्केटबल टिमलाइ बिदाइ

  • जेठ १७, २०८०
  • " स्नेहा श्रेष्ठ"
alt

विजयपुर / जेष्ठ १९ गते देखि काठमाडौमा हुन लागेको मदन भण्डारि ओपन बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धामा सहभागि हुन धरान महिला बास्केटबल टिमलाइ बुधबार बिदाइ गरेको छ ।

धरान महिला टिमलाइ धरान रंगशाला बास्केटबल कोर्टमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले जर्सी हस्तान्तरण गर्दै बिदाइ गरेका छन । महिला टिम खेलाडिहरु बिहिबार बिहान काठमाडौ प्रस्थान गर्ने छन ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजनागर्न लागेको महिला पुरुष ओपन बास्केटबल प्रतियोगितामा धरान बाट महिला टिमले सहभागिता जनाउन लागेका हुन । धरान बाट राष्ट्रिय खेलाडी डा.आशा राइको कप्तानिमा तनु राई, आस्था राई, एल्भिना गुरुङ्ग, इक्सा लिम्बू रन्जिता, रेनुका लिम्बू, निवा लिम्बू, नुमा लिम्बू, महिमा कटुवाल र दिया कोयु राईले बास्केटवल प्रतिस्पर्दामा सभागि हुने छन ।

उक्त खेलको प्रशिक्षकमा बिकाश चाम्लिङ राई र सहायक प्रशिक्षकमा युगल लिम्बू रहेका छन ।
सो महिला तर्फ ६ वटा टिम मध्ये काठमाडौ बाहिर बाट धरान महिला टिमले मात्र सहभागीता जनाएको छ । राउन्डरोबिन आधारमा हुने प्रतियोगितामा धरानले ५ खेल खेल्नेछन ।

basket-ball-33

बिदाइ कार्यक्रममा सुनसरि बास्केटबल संघका अध्यक्ष सुबेदिले खेलाडीहरुलाइ सफलताको सुभकामना दिएका छन। हार जित जे परिणाम आए पनि अनुशासित भएर आफुले सक्दो उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाई सुबेदिले आग्रह गरे ।

धरान महिला टिममा बास्केटबल ट्यालेन्ट हन्टका बिद्यार्थी धरान टिममा पर्न सफल भएकी दिया कोयी भर्खरै मात्र एसइइ दिएर बसेकि विद्यार्थी खेलाडी हुन। उनी एसइइ रिजल्टको प्रतिक्षामा छिन। उनी केही दिन अघि मात्र धरान बास्केटबल संघ द्वारा आयोजित ट्यालेन्ट हन्ट ट्रेनिङ क्याम्पमा सहभागी विद्यार्थी खेलाडी हुन ।

संघले खेलाडी प्रोत्साहन गर्नका लागि ट्यालेन्ट हन्टका उत्कृष्ट एवं सम्भावित खेलाडीलाई अनुभवका लागि अवसर प्रदान गर्न धरान महिला टिममा स्थान दिइएको प्रशिक्षक बिकास चाम्लिङ राइले बताए। प्रतियोगितामा धरानले खेल खेल्ने ५खेल्मा उनले पनि खेल्ने आवसर पाउने छिन।

जसको कारण उनले आफुलाइ थप निखार्न अनुभव मिल्ने छ। कोयीलाइ ट्यालेन्ट हन्टमा महिला तर्फ बाट सम्भावित उत्कृष्ट खेलाडिको रुपमा हेरिएको प्रशिक्षक राइले बताए । ट्यालेन्ट हन्टका अन्य सम्भावित विद्यार्थी खेलाडिहरुलाइ बास्केटबल संघले विभिन्न कलेजहरुमा छात्रवृत्तिका लागि सिफारिस गर्नेछ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved