विश्व वातावरण दिवस मनाइँदै

  • जेठ २२, २०८०
  • "गोविन्द बस्नेत"
alt

धरान / ‘प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौ, वातावरणमैत्री विकल्पको उपयोग गरौ’ भन्ने नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइएको छ ।

प्रत्येक बर्ष जुन ५ का दिन विश्वभरि मनाइने गरिएको यो दिवस नेपालमा पनि मनाइने गरिएको हो । आजको दिन धरानमा समेत विभिन्न स्थानको सरफाई गर्दै विश्व वातावरण दिवस मनाइएको छ । उपमहानगरपालिका, विभिन्न वडाहरुले छुट्टाछुट्टै रुपमा विश्व वातावरण दिवस विभिन्न स्थानको सरसफाइ गरी मनाएका छन् ।

यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १९ को आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयको संयुक्त व्यार्नर सामुदायिक प्रहरी साझेदारीसहित हरियाली सामुदायिक वन उपभोक्ता समिति, चौकीबारी महिला समूहले धरान १९ मा रहेका महत्वपूर्ण स्थानको सरसफाइ गरेर विश्व वातावरण दिवस मनाएको हो ।

संयुक्त टोलीले हरियाली सामुदायिक वनदेखि सरसफाइ शुरु गरेको थियो । त्यसपछि दिपेन्द्र चौक, बाजेबज्यु चौक हुदै इलाका प्रहरी कार्यालय अगाडिको फोहोर सरसफाइ गरेको थियो ।

सो अवसरमा बोल्दै धरान १९ की वडा सदस्य झुमादेवी राईले विश्व वातावरण दिवसको अवसरमा वडा समितिसँगै संयुक्त टोलीले विभिन्न ठाउँमा सरसफाइ गरेको बताइन् । उनले वातावरण दिवसका दिनमात्र हैन आफ्नो घर आगनमा भएको फोहोर महिला सधै आफैले सफा गरौ भन्ने सन्देश समेत प्रवाह गरेको बताइन् ।

वडा सदस्य लोकेन्द्र राईले धरान १९ का सामाजिक संघ संस्था, प्रहरी वडा समितिका पदाधिकारी लगायतले ंसंयुक्त रुपमा सरसफाइ गरेको बताए । उनले १९ वडाभित्र सबै टोलमा सरसफाईसँगै जनचेतना फैल्याउने अभियान बोकेर विश्व वातावरण दिवस मनाइएको बताए ।

सहभागीहरुले बर्षमा एक पटक सरसफाइ गरेर मात्र नहुने तर सर्वसाधारण आफै सचेत हुनुपर्नेमा जोड दिएका थिए । चौकीबारी आमा समूहकी प्रतिनिधि विष्णुदेवी सुवेदीले अझै पनि सरसफाइसम्बन्धी सर्वसाधारणमा जनचेतनाको कमी भएको बताइन् । उनले उपमहानगरपालिकाले फोहोर फाल्न दिएको डस्विनको सही सदुपयोग नगरी जथाभावि फोहोर फाल्ने प्रवृत्तिले पनि समस्या निम्त्याएको बताइन् । .

गोधुली फुटबलःरात्रीक ...

धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतिय ...

देशकै ठुलो राष्ट्रिय ...

इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुन ...

घिसिङको पक्षमा धरान ...

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्य ...

धरानका मेयरलाई पत्रः ...

वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved