पत्रकारको क्षमता विकास तथा मल्टिमिडीया तालिमको समापन

  • जेठ २२, २०८०
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर / नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा आन्तरिक तथा मामिला कानुन मन्त्रालयको संयोजनमा शुक्रबारदेखि शुरु भएको ३ दिने मल्टिमिडीया तालिम आईतवार समापन भएको छ ।

कोशी प्रदेशको संखुवासभा ,धनकुटा, भोजपुर, खोटाङ ,उदयपुर,मोरङ र सुनसरीका ३० जना पत्रकारहरुको सभागिता रहेको थियो । कार्यक्रम उदयपुर बेलका स्थित सोमबारेमा रहेको बेलका बिच रिसोर्टमा सम्पन्न भएको थियो । तीन दिने मल्टिमिडिया अर्थात मोबाइल पत्रकारिताको बारेमा प्रशिक्षण गराइएको थियो।

पछिल्लो समय छापा भन्दा अनलाईन समाचारले बढि प्रभाव पार्ने भएकाले छिटो छरितो ढंगले समाचार संकलन गरि मोबाइलबाट नै लेखेर मिडियामा पढाउन सहज हुने भएकाले मोबाइल पत्रकारिताको बिषयमा तालिमको आयोजना गरिएको हो सहभागीहरुलाई मोबाइल बाटै कसरी भिडियो,अडियो समाचार रेकर्ड गर्ने,अथवा मोबाइलमानै समाचार ट्राईपिङ्ग गर्ने विषयमा प्रशिक्षण दिएको थियोे ।

talim-pp66

तालिमको सहजीकरण पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले गरेका थिए ।
तालीमको समापनमा बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले सत्य र तथ्य समाचारको संकलन गरि समाचार सम्प्रेषण गर्ने सके पत्रकारहरु प्रतिको विश्वास समाजमा उल्लेखनीय र टिकाउ हुने बताए ।

उनले पछिल्लो समय पत्रकारहरु कतिपय समाचार संकलन गर्दा वास्तविक कुरा नबुझी समाचारको हेडिङ्ग राखने हुदा विवादमा परेको बताए । समाचारले समाजमा भ्रम सृजना गर्ने भएकाले यथार्थ कुराको मात्रै समाचार प्रकाशन गर्न उनले अनुरोध गरे ।

नेपाल पत्रकार महासङ्ग कोशी प्रदेशका अध्यक्ष लिला बल्लभ घिमिरेले अब जमाना अनुसार पत्रकारहरुले आफ्नो समाचार लेखन कार्यलाई छिटो र छरितो बनाउन मोबाइल पत्रकारीता समेत सिक्न जरुरत भएकाले मल्टिमिडीया तालिमको आयोजना गरेको बताए । पत्रकारहरूले यथार्थ र सत्य समाचार छनोट गरेर लेख्नु अत्यन्तै जरुरी रहेको बताउदै पछिल्लो समय धेरै पत्रकारहरु विवादमा पर्ने गरेको पाएको उनको भनाइ छ ।

patrakar-talim-11p

उनले भने ञ छुटा अपत्यारिलो समाचाले पत्रकारले पेसालाई नै ठेस पुग्ने गरेकाले पत्रकार पेसामा टिकन लेखनमा सुदृढ गर्नु पर्नेछ। पत्रकार महासंघका उपाध्यक्ष हेमा चेम्जोङले पुरानो लेखन तरीकाले अगाडि बढन नसकिने भएकाले नयाँ प्रविधि अपनाएर मोबाइलबाट पनि छिटो समाचार बनाउन र पोष्ट गर्ने सकिने बताइन ।

उनले भनिन् ञ अब नयाँ ढाँचा शैली अपनाएर पत्रकारहरुले समाचार लेख्न सिके समयको बचत संगै पत्रकारहरुको स्वास्थ्यमा समेत सहज हुन्छ, समाचारको दौडधुपमा लागेर समयमा खानापिनको नखादा स्वास्थ्य समेत निकै असर पर्ने हुदा पहिले स्वास्थको ख्याल गर्ने सके मात्रै समाचार लेखन सकिन्छ ।

talim-pp44

सहभागी पत्रकाहरुले आधुनिक प्रबिधि अपनाएर काम गर्ने सहज हुने मोबाइल पत्रकारीता सिकाईले दैनिकी समाचार कार्यमा मल्टिमिडिया तालिमले थप सहज बनाउने बताए। मोजो अर्थात मोबाइल जोर्नालिजमले आफुलाइ स्वरोजगार बन्न प्रसस्तै सम्भावना दिएको तर प्राबिधिक कुराको ज्ञान थाहा नपाउँदा पुरानै प्रविधिमा अल्झेको बताए ।

त्यसैगरी पत्रकार महासघ कोशी प्रदेशका सचिब देबेन्द्र कार्कीले कोशी प्रदेशका बाकी जिल्लामा समेत मल्टिमिडिया तालिम आयोजना गर्ने र क्रियाशील पत्रकारहरुको लेखन कार्यमा सहज हुने अन्य यस्ता प्रभावकारी कार्यक्रम महासंघले गर्ने बताए । मल्टिमिडिया तालिमले धेरै कुराको ज्ञान हासिल गर्न सहज बनाएको बताए ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved