दुई धारे र तीनधारेमा सर्वसाधारणको अत्याधिक भीड

  • जेठ २७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / लामो समयदेखिको परेको खडेरीका कारण धरानमा खानेपानी अभाव दिनदिनै बढ्दै गएको छ । गर्मीसँगै खानेपानीको समस्याका कारण धराने जनता दोहोरो मारमा परेका छन् ।

धारामा खानेपानी नआएपछि अहिले धरानका सर्वसाधारण धरान १४ मा रहेको दुईधारे र तीन धारेबाट पानी बोकेर पिउन र प्रयोग गर्न बाध्य छन् । यी धाराहरुले धरानका सर्वसाधारणको पानीको प्यास मेट्ने काम हदसम्म पूरा भएको छ ।

अत्याधिक गर्मीका कारण समय समयमा बत्ती जाँदा धरानेहरुले भोगनुपरेको समस्यासँगै खानेपानीको समस्याले धरानेहरु दोहोरो मारमा परेका हुन् । खानेपानीको अभावकै कारण अहिले धरान १४ मा रहेको दुई धारे र तीनधारेमा भीड बढेको छ । लुगा धुने, नुहाउने र घरमा पानी बोकेर आउनेको संख्या अत्याधिक रहेको छ ।

यहाँ नजिकै रहेका धरान २, ३ १२ लगायतका वडाबाटमात्र यी धारामा तीन किलोमिटर रहेको धरान १७ बाट समेत नुहाउन, लुगाधुन र पानी थाप्न आउने गरेको पाइएको छ । खानेपानीको चरम अभाव भएपछि धरान १ मा रहेको् अपांग तथा असहाय केन्द्रबाट सकी नसकी अपांगहरु दुई धारे पुगेका थिए ।

उनीहरुले सातादिन भन्दा बढी समयदेखि धारामा पानी नआएपछि बाध्य भएर दुई धारेमा पानी लिन, नुहाउन र लुगा धुन पुगेका हुन् । पानीका ेसमस्या भएपछि सास्ती भोगेका उनीहरुले खानेपानीकै लागि दुइधारेसम्म आउनुपर्नेे बाध्यता गीता राई र सुस्मिता राईले बताइन ।

उनीहरुमात्र हैन धरान ३ का किशोर विश्वकर्मा पनि लामो समयदेखि धारामा पानी नआएपछि धरान १४ मा रहेको दुई धारे पुगेक थिए । दैनिक पानी लिएर काम चलाउदै आउनु भएका उनले पानीको अभाव त्यसमाथि मोटरबाट पानी तान्ने प्रवृत्ति धरानमा रहेका कारण समस्या झन झन विकराल बन्दै गएको बताए ।

dharan pani 33  

उनले मोटरबाट पानी तान्ने प्रवृत्तिलाई रोक लगाएमात्र खानेपानीको समस्या केही हदसम्म समाधान हुने बताए । खडेरीका कारण यी धाराका मुहान समेत सुक्दै गएको पाइएको छ । अहिले धरानेकहरुको प्राण साच्चै भन्ने हो भने यी धाराहरुले धानेको छ । कहिलेकाही त अत्याधिक भीड भएका कारण ढाटाबाट दुःख गरेर पानी लिन जानेहरु दुई धारे र तीन धारेबाट पानी नलिइ फर्किने गरेको स्थानीयहरु बताउँछन् । धरान ३ की कलामाया तामाङले घरको धारामा पटक्कै पानी नआएको १५ दिन भएको बताइन्।

उनले सबैतिर पानी नआएका कारण यी धाराहरुमा अत्याधिक भीड हुदा कहिलेकाही पालो नै नआउँदा रित्तै फर्किनुपर्ने बाध्यता रहेको दुःखेसो पोखिन् ।धरानमा यी धाराहरु नभए पानी खान नपाएर धरानेहरु तड्पििनु पर्ने सर्वसाधारण बताउँछन् । धरान १ का अनिल श्रेष्ठले धराने जनताको जीउने आधार बनेका यी धाराहरुको संरक्षण गर्न आवश्यक रहेको बताए ।

उनले संरक्षणको अभावमा धेरै धाराहरु मासिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता ऐतिहासिक धाराको संरक्षणमा सबैे पक्ष लाग्नुपर्नेमा जोड दिए। धरानबासीको प्यास मेटाउन मेयर पदमा निर्वाचत भएपछि मेयर साम्पाङले जनश्रमदानबाट सर्दु, खर्दु लगायतका पानीको मुहान संरक्षणमा जुट्नुभयो ।

उहाँले गरेको प्रयास दीर्घकालनि नभई अल्पकालीन भएकै कारण खडेरीको समयमा अहिले धरानेहरुहरुले खानेपानीको अभाव झेल्नु परेको अवस्था छ । धरानमा दैनिक ३ करोड पानीको आवश्यकता छ । अहिले धरानमा आधा भन्दा कम पानी जोहो हुन्छ । कोकाहा नदीबाट पानी ल्याउने अभियान मेयर साम्पाङले थालेपनि त्यो समेत समय लाग्ने अवस्था छ ।

सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बोडको ऋण तथा अनुदानमा आएको अरबौको परियोजना सम्पन्न भइ नेपाल खानेपानी संस्थानलाई धरान बोर्डमा समाहित गरिएको छ । बोर्डको अध्यक्ष मेयर साम्पाङ रहनु भएको छ ।

तर खानेपानी संस्थाबाट धरान खानेपानी बोडमा रुपान्तरण हुँदा समेत धरानेहरुको दिनचर्यामा कुनै परिवर्तन आएको छैन । जबसम्म कोशी वा तम्मर नदीबाट पानी ल्याउने दीर्घकालीन योजना अगाडि बढ्दैन तवसम्म धरानेहरुको बर्षौदेखिको खानेपानी समस्या समाधान नहुने पक्का छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved