लाजेहाङ शव यात्रामा प्रहरीको हस्तक्षेप " झडप हुँदा ६ जना प्रहरी, चार जना पहिचानवादी घाइते"

  • वैशाख १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / पहिचानको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु (लाजेहाङ) को शव परिक्रम तथा श्रद्धाञ्जली सभामा निषेधित क्षेत्रमा निषेधित क्षेत्रमा प्रवेश गर्दा प्रहरीले रोक्ने क्रममा दुवैतर्फ झडप भएको् थियो ।

झडपमा परी ६ जना प्रहरी र चार जना पहिचानवादी घाइते भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा झडप भएको थियोे । झडपमा परी तीन जना प्रहरी र ६ जना आन्दोलनकारी पनि घाइते भएको पोखरेलले जानकारी दिए ।

निषेधित क्षेत्रमा प्रवेश गरेपछि पहिचानवादीविरुद्ध प्रहरीले ८१ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

दोहोरो झडपमा एक जना प्रहरीको टाउकोमा चोट लागेको र उनको विराटनगरको न्युरो अस्पतालमा उपचार गरिएको थियो । यस्तै पहिचानवादीतर्फ घाइते भएका झापा शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ । आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताएपनि प्रहरीले भने गोली प्रहार नगरेको जनाएको छ ।

एसपी पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा उनलाई बारको ब्लेडले काटेको थियो । यस्तै इटहरी २ का डेनिज राई, विराटनगर ८ का चन्द्रकुमार राई पनि घाइते भएका छन् । उनीहरू तीन जनाको विराटनगरस्थित पारस अस्पतालमा उपचार भइरहेको छ । कोशी नाम खारेजीको माग चैत्र ५ गते भएको आन्दोलनको क्रममा पदम लिम्बु (लाजेहाङ) घाइत भएका थिए ।

घाइते लाजेहाङको चैत्र ८ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । चैत्र १० गते उनको उपचारकै क्रममा मृत्यु भएको् थियो । मृत्यु भएपछि पहिचानवादीहरुले राज्यबाट लाजेहाङलाई राष्ट्रिय सहीद घोषणको माग गर्दै आएका थिए पहिचानवादीहरुको माग सम्बोधन भएपछि शनिवार धरान, इटहरी र विराटनगरमा शव परिक्रममासँगै श्रद्धाञ्जलीसभाको आयोजना गरेका थिए ।

एक महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा राखिएको लिम्बुको शवलाई अन्त्येष्टी गर्नु अघि धरान, इटहरी र विराटनगरमा शव यात्रा र श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । शव बेलबारी लैजानुअघि विराटनगरमा प्रहरीसँग झडप भएको थियो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयअघिको बाटोलाई निषेधित क्षेत्र बनाइए पछि शव यात्राको लागि पुगेका पहिचान पक्ष र प्रहरीबीच केहीबेर झडप भएको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved