सेनिटरी प्याड बनाउने तालिम

  • बैशाख ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी / शेयर सदस्यरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ३६ जना शेयर सदस्यलाई सेटिटरी प्याड बनाउने तालिम दिएको छ ।

संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको कार्यक्रमकोसंस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताए । उनले भने–‘शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन हामीले सेनिटरी प्याड बनाउने तालिम दिएका हौं, यो उनीहरुका लागि भविष्यमा व्यवहारिक तालिम हुनसक्छ ।’

लियो क्लवकी अन्जली घिमिरे लगायत ४ जना प्रशिक्षणमा सहभागीहरुलाई सहजीकरण गरेका थिए । प्रशिक्षक अन्जली घिमिरेले सेनिटरी प्याड बनाउने तालिम एकदमै सहज र सरल भएको हुनाले आफैले बनाएर प्रयोग गर्न सके लाखौँ रुपैँया विदेश जानुबाट रोक्न सकिने बताइन ।

उनले भनिन्–‘यो तालिम विशेष गरी महिलाहरुका लागि लाभदायक छ, घरमा बसी बसी बनाउन सकिने सेनिटरी प्याड बनाएर नेपालमै आत्मनिर्भर बन्न सकिन्छ ।’
सहभागिहरुलाई संस्थाका संचालक अध्यक्ष शालिकराम ढकालले प्रमाणपत्र प्रदान गरेका थिए ।

संस्थाले सदस्यलाई उत्पादनसँग जोड्ने हिसावले समय समयमा बिभिन्न तालिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको ढकालले बताए । किसास कल्याणले केहि समय अघिमात्रै युवा क्लवका सदस्यहरुलाई बैठक सन्चालन तथा माइन्युट लेखन साथै उद्घोषण लगायतका तालिमको आयोजना गरेको थियो

भने केहि समय अघिमात्रै संस्थाका ८० भन्दा बढी सदस्यलाई झापा र सप्तरीका बिभिन कृषि फर्महरुको अध्ययन तथा अवलोकन भ्रमणमा समेत लगेको थियो । संस्थाले सदस्यहरुको जीवन स्तर उठाउनको लागी आत्मनिर्भर बन्न सक्ने बिभिन्न तालिमका कार्यक्रमहरुको आयोजना गरिरहने र यसबाट फाइदा पुग्ने विश्वास लिएको छ ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved