नियमित विद्युत उपलब्ध गराउन उद्योग संगठनको माग

  • वैशाख ५, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  विजुली नियमित आपूर्ति नहुँदा उद्योगी व्यवसायी मारमा परेको भन्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन् ।

सोमबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै उद्योग संगठन मोरङले नियमित विजुली नआउँदा उद्योगी व्यवसायीहरु मारमा परेको बताएका हुन् ।

उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले पौष महिनादेखि विद्युतमा भोग्दै आएको अनियमितताका कारण व्यवसायीहरु मारमा परेको बताए । उनले भने–‘पुष महिनादेखि विद्युतमा अनियमित आपूर्ति, बारम्बारबो ट्रिपिङ, लो भोल्टेज, पूर्व जनाविना विद्युत कटौती जस्ता समस्या व् उद्योगी व्यवसायीहरुले भोग्नु परेको छ, यो समस्या हल नभए उद्योगी व्यवसायीहरुले बन्द गरेर बस्नुपर्र्ने अवस्था आउँछ ।’

उनले अहिलेको आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तु माथिको परनिर्भरतलाई कम गर्न र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउदै आईरहेका उद्योग व्यवसाय विद्युत समस्याका कारण समस्या भएको उनले बताए । यस्तै रहीरहे उद्योग वन्द गरेर सडकमा आउनुको विकल्प नरहने बताए ।

कोरोना संक्रमणका कारण थलिएका उद्योगी तंग्रिन नपाउँदै राष्ट्र बैंकले लगाएको उच्च व्याजदरले मारमा परेका उद्योगीहरु पुन: अनियमित विद्युत आपूर्तिले थप समस्यामा परेको बताए ।

उनले विद्युत आपूर्तिमा आईरहने समस्याका कारण उत्पादन प्रक्रया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई हुँदा अनावश्यक रुपमा सञ्चालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुदै गएको बताए ।

उनले भने–‘ अनियमित विजुली आपूर्तिले उत्पादित वस्तुको गुणस्तरमा र प्रतिष्पर्धात्मक क्षमता नै हस आईरहेको छ । यसले उद्योगीहरुरु मारमा परेका छन् ।’
उपाध्यक्ष राठीले औद्योगिक क्षेत्रमा सूचना नदिई विद्युत कटौति गरिँदा उत्पादन लागतमा हुने वृद्धि केवल उद्योगको मात्र नभई राज्यको नोक्सानीका रुपमा लिन समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved