‘बैंकको ऋणका कारण व्यवसायी धरासायी’

  • बैशाख २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ । व्यवसायीहरु बैंकको चर्को व्याजदरको विरोधमा निरन्तर आन्दोलित हुँदै आएको अवस्थामा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुकमार कार्कीले बैंकको चर्को व्याजदरका कारण स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले वैंकले व्यवसायी तथा उद्योगीबाट लिएको चर्को व्याजदरकै कारण उद्योगहरु धरासायी बन्दै पलायन हुने अवस्थामा पुगेको बताए ।

मुख्यमन्त्री कार्कीले साना उद्योगीहरुले जग्गा उपलबध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराटनगरमा भण्डारगृहको निर्माण कार्य शुरु गर्ने व्यवसायीहरुलाइर्ए प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘साना उद्योगले बजारीकरणका लागि आफ्नो उत्पादन गुणस्तरीय बनाउनुपर्छ, प्याकेजिङका लागि आवशयक पर्ने औजारदेखि लिएर आवश्यक पर्ने अन्य सामाग्री सरकारले उपलब्ध गराउँछ ।’

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले नेपालमा उत्पादन भएका कृषि उपजको प्रवद्र्धनका लागि कृषि नीति ल्याउन आवश्यक रहेको बताए । उनले भने–‘ दीर्घकालीन कृषि नीति ल्याउन विज्ञसँग हामीले छलफल गरेर आवश्यक सुझाव सङ्कलन गरेका छौं, ै कृषिउपज आयात नियमन गरी विषादीलगायत आवश्यक जाँचकोे लागि क्वारेण्टाइन कार्यालय थप गर्नुपर्छ भन्ने मेरो जोड छ ।’

महासंघका मोरङ अध्यक्ष चेतन निरौला, केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यमी समितिकी प्रदेश अध्यक्ष शिवा उपाध्यायलगायतले साना उद्योगलाई सरकारले प्रवद्र्धन गर्नका लागि उनीहरुको हितमा आवश्यक पर्ने नीति र कानुन बनाउनेपर्नेमा जो्ड दिएका थिए ।

सो अवसरमा रोजगारी, सीप प्रदान गर्ने नरेश खत्री, सायदा तवसुम, तुलसी ढकाल र यमुना पोखरेललाई सम्मान गरिएको थियो । मोरङ जिल्लामा साना उद्योगको संख्या ४ हजार १ सय रहेका छन् । यी उद्योगमा ४ अर्ब लगानी भएको जनाइएको छ । उद्योगबाट २५ हजारले रोजगारी पाएको जजनाएको छ ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved