विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा खड्ग निर्वाचित

  • चैत २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /विश्वकर्मा कल्याण सेवा समिति धरानको अध्यक्षमा खड्गबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।

सोमबार धरानमा सम्पन्न ११ औँ अधिवेशनमा भएको निर्वाचनमा जुद्धबहादुर लोहनीलाई १२ मतले पराजित गर्दै विश्वकर्मा निर्वाचित भएका हुन् । कुल खसेको ८६ मतमा विश्वकर्माले ४९ मत प्राप्त गरे भने लोहनीले ३७ मत प्राप्त गरेका थिए ।

यस्तै समितिको महासचिवमा घमानसिंह विश्वकर्मा निर्वाचित भए । उनी हिरालाल बराइली र बलिन्द्र बराइलीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । कुल ८४ मतमा विश्वकर्माको ३९ मत, हिराललले २६ मत र बलिन्द्रले १९ मत प्राप्त गरेका छन् ।

समितिको अन्य पदाधिकारीमा भने सर्वसहमत चयन भएका छन् । समितिकोे उपाध्यक्षमा मिरा बराइली, सचिवमा सन्दिप शङ्कर, कोषाध्यक्ष कला साशङ्खर चयन भएका छन् ।

समितिको सदस्यहरुमा छत्र दर्नाल, कृतन रसाइली, कुमार शङ्कर, खड्ग धमला, ललनकुमार विश्वकर्मा र मानबहादुर विश्वकर्मा चयन भएका छन् ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved