बार्षिक उत्सवमा जेहेन्दार विद्यार्र्थी पुरस्कृत धरानको भिक्टोरी रेसिडेन्सियल सेकेन्डरी बोर्डिङ स्कूल

  • चैत्र ३०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान ११ कल्याणचौकमा रहेको भिक्टोरी रेसिडेन्सियल स्कुलले बार्षिकोत्सवको अवसर पारेर प्रोत्साहन स्वरुप विभिन्न विधामा उत्कृष्ट पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
स्कुलले बुधबार ३४ औं बार्षिकोत्सवको अवसर पारेर जुनियर र सिनियर कक्षाका कक्षामा टप ल्याउने विद्यार्थी, आउट स्टेन्डिङ, हेड राइटिङ, सफा सुग्घरमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साह स्वरुप पुरस्कृत गरेको हो ।

2

धरान उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष लोकेन्द्र फागोको प्रमुख आतिथ्यमा सम्पन्न ३४ औं बार्षिकोत्सवको अवसरमा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको स्कुलका अध्यक्ष विनोदकुमार राईले बताए ।

उनका अनुसार, बार्षिक परीक्षामा कक्षा ७ बाट उत्कृष्ट नम्बर ल्याएर टप बनेका सिनियरतर्फ टपर बन्न सफल विद्यार्थी कक्षा ८ का अकिल तिम्सिना र जुनियरतर्फ कक्षा १ बाट उत्कृष्ट नम्बर ल्याएर २ मा उत्तीण भएका उमंग राईलाई पुरस्कृत गरिएको हो ।

5

पढाइका अलवा स्कुलमा बर्षभरिमा सबैभन्दा बढी उपस्थित हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । जसमा कक्षा ९ की सन्ध्या साह, कक्षा ८ का जीवन भुजेल र कक्षा ४ की मन्सिका लिम्बु रहेकी छन् । यसैगरी आउट स्टेन्डिङ विधामा तीन जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने विद्यार्थीमा कक्षा ९ का सन्ध्या साह, कक्षा ८ का जीवन भुजेल र कक्षा ४ का मन्दिरा लिम्बु रहेका छन् ।

3

यसैगरी उत्कृष्ट हेन्ड राइटिङ विधामा सौरभी राई, अयुवा राई, कृष्टिका राई र युनिशा राईलाई पुरस्कृत गरिएको थियो । यसैगरी सफासुग्घर विधामा ७ जना विद्याथीरुलाई स्कुलले पुरस्कृत गरेको थियो । जसमा दीपशिखा रिजाल, श्रेया लिम्बू, अनिसा तामाङ, नुमा लिम्बू, प्रथा राई, रियाङजङ राई र सुयशा राई रहेका छन् ।

उनीहरुलाई प्रमुख अतिथि धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमा राई, नेपाल मगर संघ धरान नगर समितिका अध्यक्ष चित्र थापा मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।

6

सो अवसरमा बोल्दै धरान ११ वडाध्यक्ष फागोले यो विद्यालय अन्य विद्यालयभन्दा पृथक भएको पाइएको बताए । नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुने यो विद्यालयले पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत अगाडि रहेकोे बताए । उनले विद्यार्थीलाई प्रोत्साहन गर्न कक्षा टपदेखि अन्य विधामा पुरस्कृत गरेर विद्यार्थीहरुको हौसला बढाउने काम गरेको बताए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved