जुत्ता–चप्पल बनाउने तालिम सम्पन्न

  • चैत २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / विराटनगर–८ स्थित समृद्धि नेपालको आयोजनामा घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ ।विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो ।

स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले बताउनुभयो ।

तालिममा सहभागीहरुलाई विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, महानगरकी सामुदायिक शाखाकी प्रमुख अनिता कोइराला, महानगरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, गैरसरकारी संस्था मोरङका अध्यक्ष विष्णु शर्मा, समाजसेवी गणेशप्रसाद पोखरेल, आयोजक संस्थाका सल्लाहकार सुधीर रेग्मी, सचिव हीराकाजी श्रेष्ठलगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

समृद्धि नेपालकी उपाध्यक्ष सीता लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा राधिका खवासलाई उत्कृष्ट प्रशिक्षार्थीका रुपमा पुरस्कृत गरिएको थियो ।सहभागीहरुलाई मालती आचार्य र मोहन आचार्यले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागीका तर्फबाट चन्द्रकला उप्रेती, मीना दंगालले मन्तव्य व्यक्त गर्दै तालिम धेरै नै उपलब्धिमूलक भएको बताए । तालिममा २१ जना महिला सहभागी भएको आयोजक संस्थाकी सहसचिव सिर्जना खड्काले जानकारी दिइन् ।

विराटनगर–८ स्थित समृद्धि नेपालको आयोजनामा घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो । स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले बताउनुभयो।

तालिममा सहभागीहरुलाई विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, महानगरकी सामुदायिक शाखाकी प्रमुख अनिता कोइराला, महानगरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, गैरसरकारी संस्था मोरङका अध्यक्ष विष्णु शर्मा, समाजसेवी गणेशप्रसाद पोखरेल, आयोजक संस्थाका सल्लाहकार सुधीर रेग्मी, सचिव हीराकाजी श्रेष्ठलगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

समृद्धि नेपालकी उपाध्यक्ष सीता लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा राधिका खवासलाई उत्कृष्ट प्रशिक्षार्थीका रुपमा पुरस्कृत गरिएको थियो ।सहभागीहरुलाई मालती आचार्य र मोहन आचार्यले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागीका तर्फबाट चन्द्रकला उप्रेती, मीना दंगालले मन्तव्य व्यक्त गर्दै तालिम धेरै नै उपलब्धिमूलक भएको बताए । तालिममा २१ जना महिला सहभागी भएको आयोजक संस्थाकी सहसचिव सिर्जना खड्काले जानकारी दिइन् ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved