इलाम कारागारमा खानेपानीको समस्या

  • चैत २९, २०७९
  • " भगीरथ भण्डारी"
alt

इलाम / इलाम कारागारमा खानेपानी चरम अभावभ भएको छ । खानेपानी अभावका कारण काराबारभित्र खाना बनाउन र शौचालयमा प्रयोग गर्न समस्या भएको छ ।

नगरपालिकाले वितरण गरेको खानेपानी नआउँदा कारागारमा समस्या भएको हो । दिनमा दुई पटक पानी आउँदा उनीहरुलाई समस्या भएको हो ।कारागारमा २७ गतेदेखि पानी नआएको  कैदी बन्दी बताउँछन्।नगरपालिकाले २४ घण्टै पानी वितरण गर्ने गरीे आयोजना सञ्चालनमा ल्याए पनि कारागारभित्र पानी नै नआउने गरेको छ।

जिल्ला कारागार इलामका जेलर सुमित मगरले २७ गते बेलुकाबाट पानी नआएर समस्या आएको बताए । उनले कार्यालयले ट्याङ्करमा पुवा खोला र धोवीधाराबाट ल्याएर समस्या समाधान गरेको बताए । उनले  इलाम नगरपालिकाले मंगलबार बेलुकाबाट पानीको समस्या समाधान हुने बताए पनि हुन नुसकेको बताए ।

उनले भने मंगलबार बेलुकाबाट पानी सहज हुन्छ भनेको थियो तर पानी आएकै छैन, यस विषयमा बुझ्न आयोजनाका प्राविधिकलाई फोन गर्दा फोन नै उठाउँदैनन् ।पानी अभाव भएपनि नगरपालिकाले दमकलबाट पानी खुवाएको थियोे। १ सय २५ जना क्षमताको भएको इलाम कारागारमा हाल २ सय ८० जना कैदी रहेका छन् ।

खानेपानी अभावका कारण ती कैदी बन्दीलाई खाना पकाउन,नुहाउन र शौचालयमा प्रयोग गर्ने पानीको समस्या भएको छ। इलाम नगरपालिकाका खानेपानी शाखाका प्रमुख विशाल यम्फुले कारागारमा खानेपानी नआएको गुनासो आएको बताए । उनले समस्या समाधानका लागि पहल भइरहेको बताए ।

खानेपानीको मुहान घटेका कारण पानी कम आएको बताउदैे कारागारमा यो समस्या देखिएको बताए । यस कारागारमा थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्नका लागि कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा कैदी बिन्दीलाई राखिने गरिएको छ

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved