मन्दिरको संरक्षणमा स्थानीय सरकार गम्भीर छैन धरानलाई धार्मिक पर्यटकी क्षेत्र

  • चैत्र ३०, २०७९
  • स्नेहा श्रेष्ठ
alt तस्विर : धरान ५ निशानेमा रहेको जीर्ण बन्दै गएको निशानदेवीको मन्दिर

विजयपुर । धरान उपमहानगरपालिकाभित्र सैयौ मठमन्दिर रहेका छन् । यसमध्ये पनि सबैभन्दा बढी मठमन्दिर धरान १४ विजयपुरमा रहेका छन् । यसबाहेक अन्य वडामा समेत पुराना ऐतिहासिक मठ मन्दिरहरु छन् । तर ती मन्दिरको संरक्षण हुन नसक्दा दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।

यसको प्रत्यक्ष उदाहरण बनेको धरान उपमाहानगरपालिका वडा नम्बर ५ निशान डाँडामा रहेको निसानदेवी माताको मन्दिर । यो मन्दिर संरक्षणको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । अहिले यो मन्दिरको भित्ता उप्किएको अवस्थामा रहेको छ भने टिनका छाना चुहिने अवस्थामा पुगेका छन् भने पर्खाल समेत भत्किन थालेको छ । स्थानीय चन्द्रमान श्रेष्ठका अनुसार यो २०५५ सालमा स्थापना भएको हो ।

विजयपुरका आधा दर्जन मन्दिर ओझेलमा

धरानको निशानेदेवीको मन्दिरमात्र हैन धरानको विजयपुर अधिकांश मन्दिर जीर्ण छन् । विजयपुरमा एक दर्जन भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । संरक्षण गर्न नसक्दा नाम कहलिएका ४ मन्दिर बाहेक अन्य मन्दिर ओझेलमा पर्दै गएका हुन् ।
धार्मिक पर्यटकिय स्थलको रुपमा विकाश हुँदै गएको धरान उपमहानगरपालिका १४ स्थित विजयपुरलाई धार्मिक क्षेत्र मानिन्छ । विजयपुरमा पुरातात्विक महत्वमा मठ मन्दिरहरु छन् । तर बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या मन्दिर मात्रै प्रचारमा छन् । विजयपुर क्षेत्रभित्र रहेको करिब आधा दर्जन स–साना मन्दिरहरुको प्रचार प्रसार तथा भौतिक संरचनाको विकाश गर्न नसक्दा ओझेलमा परेका छन् ।

विजयपुरमा रहेका गणेश मन्दिर, भिमसेन मन्दिर, मुगादेवी, शनि मन्दिरको नाम प्रायःले सुनेका छैनन र त्यहाँ पुगेका पनि छैनन् ।
धरानलाई धार्मिक पर्यटन स्थलको रुपमा परिचित गराउन विभिन्न पर्यटन व्यवसायी र सर्वसाधारण केही हदसम्म उत्साहित भएपनि धरान उपमहानगरपालिकाले यस्ता क्षेत्रका विकासमा न्यून बजेट छुट्याएकै कारण धार्मिक स्थलको विकास हुन नसकेको स्पष्ट छ । नगरपालिकाले विजयपुर क्षेत्रका मठ मन्दिरहरुको स्तर विकाशका लागि गुरुयोजना नै बनाउन नसकेको पर्यटन व्यवसायी बासुदेव बराल बताउछन् । उनी भन्छन–‘स्थानीय सरकारले पनि नाम कहलिएका प्रचलित मन्दिरको मात्र प्रचारप्रसार गर्छ, ओझेलमा रहेका पुराना मन्दिरको प्रचारमा खासै ध्यान दिन सकेको छैन ।’

धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले पनि पुराना ऐतिहासिक महत्व बोकेका मन्दिरहरुको प्रचारप्रसार गर्न नसकेकै कारण ती मन्दिरहरु ओझेलमा परेको बताए । उनले भने–‘हामीले ऐतिहासिकम महत्व बोकेका मठ मन्दिरको प्रचारप्रसारमा ध्यान नदिदा यस्ता मन्दिरहरु ओझेलमा परेका हुन् ।
राणाकालीन अवस्थादेखि पञ्चायतकालीन समयमा मन्दिरहरु निर्माण गरिएका पुरातात्विक महत्वको मन्दिरहरु अहिले जीर्ण भएका छन भने मन्दिर क्षेत्रका जग्गाहरु समेत अतिक्रमणमा परेका छन् । ऐतिहासिक महत्व बोकेको विजयपुरमा ऐतिहासिक पुरातात्विक महत्वका मठ मन्दिरको संरक्षण नगरी धरानलाई धार्मिक पर्यटकीय स्थल बनाउने कुरा खाली प्रचारबाजी बाहेक केही नुहने स्थानीयको बुझाई छ ।

विष्णुपादुकासम्म पुग्ने बाटो जीर्ण

प्रसिद्ध धार्मिक पर्यटकीय स्थल सुनसरीको धरान उपमहानगरपालिका वडा नं. २० मा पर्ने विष्णुपादुकामा पुग्ने बाटो अझै पनि कालोपत्रे हुन सकेको छैन । धरानबाट करिब ९ किलो मिटर उत्तर पश्चिममा रहेको यो मन्दिरमा प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृहरूलाई पिण्ड तर्पणका लागि लाखौंको संख्यामा हिन्दू धर्मावलम्वीहरू यहाँ आउने गर्दछन । यहाँ श्राद्ध गरेपछि भारतको काशी र गया गएर श्राद्ध गर्नु नपर्ने जनविश्वास छ । त्यहाँसम्म पुग्ने बाटो कालोपत्रे हुन नसक्दा विष्णुपादुका पुग्ने बाटो जीर्ण हुदा सर्वसाधारणले सास्ती भोग्दै आउनु परेको छ ।

धरान उपमहानगरपालिकामा गाभिनुभन्दा अगाडि विष्णुपादुका गाविस थियो । वि सं २०७१ मङ्सिर २६ गते नेपाल सरकारको निर्णयानुसार छुट्टैे विष्णुपादुका गाविसलाई धरान उपमहानगरपालिकामा गाभिएपछि वडा नं २० मा बनेको हो । उपमहानगरपालिकामा गाभिसक्दा पनि सडकको अवस्था जस्ताको तस्तै रहेको छ, धरान ११ मंगलबारेदेखि विष्णुपादुका भन्ज्याङसम्मको ७ किमी बाटो र मङ्गलबारे–विष्णुपादुका तथा भञ्ज्याङ–चाँदी भञ्ज्याङसम्मको २३ किमी सडकको स्तरोन्नति मात्र भएको छ ।

धरान उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष पदमबहादुर लिम्बुले सडक सञ्जाल नपुगेकै कारण विष्णुपादुका भन्ज्याङ अथवा वडासम्ममात्र कालोपत्रे गर्न सकिए धेरै सहज हुने बताए ।
विष्णुपादुका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाले विगतमा सर्दु खोलामा पुल नहुदा अहिलेको भन्दा धेरै समस्या भएको बताउँदै पुलले केही सहज भएपनि मन्दिरसम्म पुग्ने बाटो अझै कालोपत्रे बन्न नसक्दा मन्दिरमा आउने भक्तजनहरुलाई अझै समस्या भएको बताए ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved