मुख्यमन्त्रीलाई पहिचानवादीको अल्टिमेटमपत्र

  • चैत २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ प्रदेश १ को नाम कोशी खारेजीको माग गर्दै पहिचानवादीहरुले आइतबार मुख्यमन्त्री हिकमत कार्कीलाई अल्टिमेटम पत्र बुझाएका छन् ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिका तर्फबाट आइतबार मुख्यमन्त्री कार्कीलाई अल्टिमेटम पत्र बुझाएको हुन् ।

मन्त्री तिलकुमार मेन्याङबोमार्फत मुख्यमन्त्री कार्कीलाई उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।मन्त्री मेन्याङेबोले संवैधानिक प्रक्रियाबाट नामकरण टुंगिएको बताएका थिए । उनले ‘चारजना बाहेकका सांसदले समर्थमा प्रदेशको नाम कोशी पास भएको पहिचानवादीलाई स्मरण गराएका थिए ।

सभामुख बाबुराम गौततमले पुन नामाकरणको सम्भावनाको ढोका खुल्ला रहेको बताउदै नामविहीन प्रदेश ररहिरहँदा संघीयता कमजोर हुने डरले नामकरण भएको बताएका थिए ।
फागुन १७ गते प्रदेशको नाम कोशी राखिएसँगै प्रदेशमा पहिचानवादी संघ संगठनले आन्दोलन चर्काउदै आएका छन् ।

आन्दोलनकै क्रमा चैत ५ मा विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को उपचारका क्रममा चैत १० मा मृत्यु भएको थियो । उनलाई शुक्रबार सरकारले शहीद घोषणा गरेको छ । यद्यपि उनको शव उठ्न सकेको छैन । उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved