आर्या न्यूरोमा जटिल शल्यक्रिया सफल

  • चैत २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्कभित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो ।

झापाको हल्दीबारी गाउँपालिका –१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडी भागमा रहेको पाईका एन्युरीज्म क्लिपिङको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरलले जानकारी दिए ।

तीन हप्ता अगाडी टाउँको दुखेर पिडा भएपछि कटुवाल झापाको मेची र पाथीभारा हस्पिटल गएकी थिइन् । सो हस्पिटलमा उपचार सम्भव नभएपछि उनी आर्या न्यूरो हस्पिटलमा ८ चैतमा आएकी थिइन् । आर्यामा आएपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालले विरामीको स्वास्थ्य जाँच गरे । ‘एमआरआइ गरेपछि कटुवालको ‘पाईका एन्युरीज्म’ भएको पत्ता लाग्यो ।

त्यसपछि चिकित्सकले शल्यक्रिया गरिनुपर्ने सल्लाह दिए । १२ चैतमा डा. नेपालको नेतृत्वको टिमले कटुवालको मतिष्तक भित्र भएको ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको होे । उनको टाउँको रगत जमेको बताउदै न्यूरो सर्जन डा. पंकज कटुवालर्ले मेडिकल भाषामा यसलाई पाईका एन्युरीज्म भन्ने गरिएको बताए ।

उनका अनुसार रगतको नशामा फुकुन्डो हुन्छ । त्यो फुटो भने हेमोरेज हुन्छ । यो जटिल ठाउँमा हुने गरेकोले बताउँदैे चार घण्टा लगाएर सफल शल्यक्रिया गरेको गरिएको उनले बताए ।पाईका एन्युरीज्म क्लिपिङ’ को अहिलेसम्म दोस्रो पटक शल्यक्रिया गरिएको डा. नेपालले सुनाए ।

‘यो सँगै मैले ‘पाईका एन्युरीज्म क्लिपिङ’ को दोस्रो पटक शल्यक्रिया गरे उनले भने‘यसअघि बी एण्डसीमा गरेको थिए । आर्या न्यूरोमा पहिलो केस हो । २० दिन राखेर सफल उपचार भएपछि सोमबार विरामीको डिस्चार्ज भएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved