ज्येष्ठ नागरिकका लागि धार्मिक यात्रा

  • चैत ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमितिले ज्येष्ठ नागरिकहरुलाई धार्मिक यात्रा गराएको छ ।

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा बुधबार धार्मिक यात्रा गराएको हो । सामूहिक रुपमा धार्मिक भ्रमण गराउँदा ज्येष्ठ नागरिकहरुमा हौसला प्राप्त हुने भएकाले कार्यक्रम राखिएको समितिका अध्यक्ष ललित श्रेष्ठले बताए ।

]उनका अनुसार ज्येष्ठ नागरिकहरु बिहान ५ बजेदेखि नै ज्येष्ठ नागरिक भवनमा आएर बसेको सुनाए ।समितिको वडा नम्बर ११ मा आफ्नै भवन छ । धार्मिक भ्रमणमा ज्येष्ठ नागरिकलाई हौसला प्रदान गर्न वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, वडा सदस्य गायत्री थापा, गेनादेवी पासवान, वडासचिव सरस्वती ढकालका साथै समितिका पदाधिकारी र सदस्यहरु पनि गएका थिए ।

सुनसरीको बराहक्षेत्र, चतरा र रामधुनीको भ्रमण गराइएको अध्यक्ष श्रेष्ठले बताए । स्वास्थ्यकर्मीसहितको भ्रमणमा ९२ जना ज्येष्ठ नागरिक सहभागी भएका थिए । सामूहिक धार्मिक भ्रमणमा जान पाउँदा ज्येष्ठ नागरिकहरु खुसी देखिएका थिए ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved