सुर्तीजन्य पदार्थको सेवन र बिक्रीमा कडाइ "महानगरको टोलीद्वारा सुर्तीजन्य पदार्थ जफत"

  • वैशाख ३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेसँगै कडाइ गर्न थालेको छ ।

गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णयले सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थलाई सार्वजनिक स्थलमा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । सोही कार्यान्वयन गदै महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको थियो ।

महानगरको टोली पसल–पसल पुगेर बिक्री नगर्न आग्रह गर्दै स्टकमा राखेका सुर्तीजन्य पदार्थ जफथसमेत गर्न सुरु गरेको छ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ गर्न सुरु गरेको छ ।

महानगरको टोलीले पसलमै पुगेर सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको छ । चुरोट, गुट्का, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले महानगर कठोर रुपमा उत्रिएको सरसफाई शाखा प्रमुख पुनम दाहालले बताए ।

सुर्तीजन्य पदार्थको खोलले महानगरको सरसफाईमा ठूलो चुनौती सिर्जना गरेको उनको भनाइ थियो ।
सरसफाई शाखाका प्रमुख दाहाल, नगर प्रहरीका प्रमुख राजन पौडेलसहितका टोलीले पसलमा पुगेर सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदा व्यापारी र स्थानीयले उद्योग नै बन्द गर्नुपर्ने माग अघि सारेका थिए ।

कतिपय स्थानीयले त आफ्नो परिवारको सदस्यको क्यान्सरको उपचार गर्न ५१ लाख रुपैयाँ सकिएको भन्दै महानगरको अभियान अत्यन्तै सकारात्मक भएको प्रतिक्रिया दिए ।

विराटनगरवासीको स्वास्थ्य र सरसफाईप्रति चिन्तित हुँदै सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन निषेध गरेकोमा महानगरको टोलीलाई धन्यवाद दिँदै गोजीमा राखेको गुट्का झिकेर दिएका थिए ।

मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दै आएका छन् । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमाथि गरिएको निषेधको निर्णयलाई कार्यान्वयन गर्न महानगरवासीलाई कोइरालाको आग्रह छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved