नेपाल पुलिस र एनबीएससीको पहिलो जित ऋचा मेमोरियल टी–२० क्रिकेट

  • बैशाख २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । विभागीय टिम नेपाल पुलिस र एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
पहिलो खेलमा पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न सफल भएको हो ।

लिगको आधरमा विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको खेलमा ८८ रनको विजय लक्ष्य पछ्याएको पुलिसले ९ दशवलप ३ बलमा ३ विकेट गुमाई पुरा गर्यो । पुलिसका योगेन्द्र कार्कीले ११ बलमा ५ छक्का हिर्काउँदै अविजित ३२ रन बनाए । सुनिल धमलाले १९ बलमा २३ रन पारी खेल्दा अमित श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । उनले १ छक्का र २ चौका हिर्काए । दिलीप नाथले ७ बलमा १० रन बनाए ।

बलिङमा दिल्लीका प्रदिप कुमारले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने अंकित गोस्वामीले १ विकेट मात्र लिए । यसअघि दिल्लीले १५ दशमलप ५ बलमा सबै विकेट गुमाई ८७ रनमा समेटियो । सकिट केडियाले २२ बलमा २९ रन बनाए । उनले २ छक्का र ४ चोक्का हिर्काए । प्रदिप कुमारले १३ बलमा १९ रन पारी खेल्दा अंकित गोस्वामीले अविजित १३ रनको योगदान दिए । दिल्लीका अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

पाहुना टोली दिल्लीलाई हराउन पुलिसका सागर ढकालको बलिङ घातक रहयो । सागरले आक्रमक बलिङ गर्दै ३. ५ बलमा १७ रन खर्चेर ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । रोशन बुढेलले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोही दिन भएको दोस्रो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हराउँदै एनएनबीएससी विजयी भइ २ अंक जोड्यो ।

२२२ रनको विशाल लक्ष्य पछ्याएको सुदुरपश्चिमले १९ दशमलव २ बलमा सबै विकेट गुमाई १ सय ९५ रनमा सिमित भयो । सुदुरपश्चिमका दिपक बोहोराले ४७ बलमा ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ५ छक्का र ९ चौका हिर्काए । नरेशले ३ छक्का र २ चौक्का हिर्काउँदै २७ पारी खेल्दा हेमन्त धामीले २२ रनको योगदान दिए ।

बलिङमा एनबीएससीका अनुभव श्रीवास्तवले ४ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । एमडी शेख, मेहिङ कुमारले समान २–२ विकेट लिए । यसअघि एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २२१ रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीको पहिलो जितमा राहुल चौधरी र शतिस कुमारले बिस्फोट ब्याटिङ गरे ।

म्यान अफ द म्याच पनि घोषित भएका राहुलले २२ बलमा ६ छक्का, ६ चौका हिर्काउँदै ७३ रनको अर्धशतकीय ईङनिङ खेले । सतिशले ३३ बलमा ४ छक्का र ६ चौका हिर्काउँदै ५७ रनको अर्धशतकीय ईङनिङ खेले । अनुभव श्रीवास्तवले ३२ बलमा ४७ रनको योगदान दिए । उनले ६ छक्का र १ चौका हिर्काए । बलिङमा सुदुरपश्चिमका हेमन्त धामीले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ज्ञानेन्द्र बोहरा र सुमितले समान २–२ विकेट लिए । शुक्रबार पहिलो खेल एनबीएससी विराटनगर र दिल्लीबिच हुनेछ । दोस्रो नेपाल पुलिस र एनबी गु्रपु सुदुरपश्चिम बिच हुनेछ ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved