मधेसी सेवा समाजको कार्यालय उद्घाटन

  • वैशाख ४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / नयाँ बर्षसँगैै मधेशी समुदायले मनाउने जुडसितल पर्वको अबसरमा मधेसी सेवा समाज सुनसरी जिल्ला कार्य समितिको कार्यालय समुदघाटन गरिएको छ ।

शनिबार एक कार्यक्रमका बीच धरान १ सुनसरी उद्योग बाणिज्य संघ अगाडी धुलिखेल समाज जाने गल्लिमो कार्यालयको उद्घाटन भएको हो ।

समुदघाटन कार्य महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रा.डा. तथा मधेशी सेवा समाजका सल्लाहकार एवम् विद्यान मस्यौदाकर्ता अशोक झाले गरेका थिए । उद्घाटनका अवसरमा मधेशी समुदायको उत्थानका लागि गरिएको संगठन राजनीतिबाट टाढा रहने बताएका थिए ।

समाजको परिकल्पना ५ बर्ष अगाडी नै गरेको भए पनि समाज गठन हुन सकेको थिएन । उनले र धरानमा मधेशी समुदायको बसोबास बढ्दै गएको यो समुदायको संगठन आवशयक भएकोले गठन गरेर कार्यालय समेत सञ्चालनमा ल्याएको बताए ।

समाजका जिल्ला अध्यक्ष महेन्द्र दत्त कायस्थको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा पूर्वाअञ्चल क्याम्पस धरानका प्रध्यापक रामदयाल यादव, मधेसी युवा सेवा समाजका संयोजक दिपक अग्रहरी, मधेसी महिला सेवा समाजकी संयोजक रेखा शाह लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रम मधेशी सेवा समाजका सचिव डा.श्रीराम शाहले गरेका थिए । सो अवसरमा महेन्द्र भगत र सुशील शाहले आजिबन सदस्य समेत लिएका थिए । मधेशी समुदायलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाज गठन गरेकोले समाजमा आवद्ध हुन अध्यक्ष महेन्द्र दक्त कायस्थले आग्रह समेत गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved