चिया विकास निगमको अटेर : तिरेन कर पूर्वाधार निर्माणमा अवरोध

  • बैशाख ५, २०८०
  • भगीरथ भण्डारी
alt

इलाम /  इलामको कन्याममा पार्क निर्माण नगर्न नेपाल चिया विकास निगम लिमिटेडले पत्राचार गरेको छ । सूर्योदय नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पार्क निर्माण गर्ने क्रममा चिया निगमले पत्राचार गरेरै अवरोध गरेको हो ।

निगमका कार्यकारी अध्यक्ष सुभाष चन्द्र संघाइले सघन सहरी तथा भवन निर्माण आयोजना झापालाई पत्राचार गरी निगम बाहेक अन्यले भौतिक संरचना निर्माण गर्नु सम्झौता विपरीत भएको बताएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख रुपक आचार्यले चिया विकास निगमले पत्र काटी समन्वय नगरी काम नगर्नु भनेपछि सुर्योदय नगरपालिकाका प्रमुखसँग कुरा भइसकेको बताए ।

संघाइको हस्ताक्षरित पत्रमा लेखिएको छ, नेपाल सरकार, मन्त्रीपरिषद्को २०५७ अषाढ १४ गतेको सम्झौता अनुसार आफ्नो कार्य क्षेत्रभित्र निगम बाहेकका पक्षले कुनै पनि भौतिक संरचना निर्माण गर्नु निगमले नेपाल सरकारसँग गरेको सम्झौताको विपरीत हुने भएकोले जुनसुकै कार्य गर्नुपर्दा नेपाल सरकार अर्थ मन्त्रालयको अनुमति लिएर मात्र गर्नु पर्ने उल्लेख छ ।

सूर्योदय नगरपालिकाले भने सडकको मापदण्ड १५ मिटर भित्र नै काम हुन लागेको भन्दै सम्झौता अनुसार कन्याम पार्क सौन्दर्यीकरणका निर्माण कार्य गर्नु नियम सङ्गत भएकोले पहिला पनि सडक क्षेत्राधिकार भित्र पर्ने क्षेत्रमा निर्माणका कार्य गर्न सकिने नगर प्रमुख रणबहादुर राईले बताए ।

यस अघि सडक निर्माण गर्ने क्रममा परेको मुद्रामा अदालतले सडकको क्षेत्रमा काम गर्न पाउने फैसला समेत गरिसकेको नगरपालिकाले जनाएको छ ।
यता पालिकामा निर्माण भइरहेको वृहत् खानेपानी आयोजना निर्माणमा संघाइले अवरोध गरेको छ ।

खानेपानीटंयांकी निर्माण र पाइप विस्तारमा अवरोध गरेको हो खानेपानी आयोजना निर्माणका लागि अदालतमा मुद्दा विचाराधीन रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । ६६ करोडको आयोजनाले कन्याम, लक्ष्मीपुर, तीन घरे लगायतका ठाउँको खानेपानी समस्या समाधान गर्ने गरी आयोजना निर्माण सुरु भएको थियो ।

अहिले कन्याम क्षेत्रमा खानेपानी आयोजनाको काम हुन सकेको छैन । निगमले नेपाल सरकार अर्थ मन्त्रालयको अनुमति लिएर आउनुपर्ने अडान राख्दै निर्माण कार्यमा अवरोध गरिरहेको हो । त्यस्तै सुनपा वडा नं चार र पाँचमा पनि ३९ करोडको खानेपानी आयोजना निर्माण भइरहेको छ ।

पर्यटकीय नगरका रुपमा परिचित सुनपामा खानेपानी समस्या अन्त्य गर्नका लागि धमाधम काम भइरहेको छ ।
पार्क निर्माणका लागि एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना झापाले आव्हान गरेको बोलपत्रमा, निर्माण व्यवसायी याक्थुङहाङ/ एस.ए.एस./ देवी डाँडा निर्माण सेवा जे.भी. इलामबीच सम्झौता भई निर्माण कार्य सुरु गर्ने क्रममा निगमले निर्माण कार्य नगर्न पत्राचार गरेको हो ।

सूर्योदय नगरपालिका भित्रको मुख्य–मुख्य गरी १० वटा प्याकेजमा गरिने निर्माण कार्यमध्ये कन्याम पार्क सौन्दर्यीकरण समेत रहेको आयोजना कार्यालयले जनाएको छ ।
कर बाहेक २८ करोड ८४ लाख ७ हजार नौ सय ३८ रुपैयाँमा २१ महिनामा सम्पन्न गर्ने गरी कामको जिम्मा दिएको छ ।

कुल सम्झौताको २ करोड ८९ लाख ९५ हजार ५६४ रूपैया बजेट कन्याम सौन्दर्यीकरण निर्माणमा खर्च हुनेछ ।
उक्त निर्माण कार्य अन्तर्गत दुई सय १७ मिटर लम्बाइको मेसेनरी वाल, माटो भर्ने, बालुवा बिछ्याइ इन्टर लक लगाउने, पार्किङ लाइट जडान गर्ने, पर्यटन डिसप्लेबोर्ड,फोटो सेन्सर बोर्ड जडानको कार्य रहेको कार्यालयले जनाएको छ ।

यी कार्य गर्ने क्रममा करिब छ सय वर्ग मिटर चिया विकास निगमको जग्गा प्रयोजनमा आउने कार्यालयका प्राविधिकले जनाएको छ । आयोजना कार्यालय झापाले स्वीकृत डिटेल इन्जिनियरिङ डिजाइन र स्वीकृत बहुबर्षिय खरिद गुरुयोजना अनुसार बोलपत्र आव्हान गरेको जनाएको छ ।

सूर्योदय नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा कन्याम क्षेत्रलाई पर्यटन क्षेत्रको रूपमा विकास गरिँदै विभिन्न पूर्वाधारका निर्माण कार्य गर्न सकिने प्रस्ताव पास गरेको छ ।

नगरपालिकामा सहरी पूर्वाधार निर्माण कार्यको शिलान्यासको कार्य भने गत असोज १ गते पूर्व प्रधानमन्त्री झालनाथ खनाल, सहरी विकास मन्त्री मेटमणि चौधरी, सूर्योदय नगरपालिका प्रमुख, आयोजना प्रमुख लगायतले गरेका थिए ।

२०५७ सालमा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापाका बर्ने, बारदसी र टोकला चिया बगान त्रिवेणी संघाइ समूहलाई ६५ प्रतिशत
हिस्सा उसकै रहने गरी लिजमा दिएको थियो ।

लिजमा लिएर पनि चियाको संरक्षण नगरेको भन्दै स्थानीय तहमा जनप्रतिनिधि आएसँगै इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माई नगरपालिकाले बगानलाई व्यवस्थित गर्न स्थानीय सरकारलाई दिने व्यवस्था गर्नुपर्ने भन्दै सङ्घीय सरकारसँग आग्रह गरिरहेका छन ।

कर उठाउने प्रयास गर्दे स्थानीय तह

त्रिवेणी संघाइ समूहले लिजमा लिएका चिया बगानबाट कर नउठेपछि इलाम र झापाका स्थानीय पालिकाहरु त्रिवेणी विरुद्ध कर उठाउने पहल थालेका छन् । सूर्योदय नगरपालिकामा बसेको बैठकले सघाइ समूहबाट मालपोत, व्यवसाय र सम्पत्ति कर उठाउनका लागि प्रयास थालेका हुन् ।

इलामका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माई नगरपालिका र झापाको मेचीनगर नगरपालिका, बुद्ध शान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाका गरी छ वटा पालिकाका प्रमुख तथा प्रतिनिधिको बैठकले अर्थ मन्त्रालय , कृषि मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा डेलिगेसन जाने सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाउने निर्णय गरेको सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राईले बताए ।

उनले स्थानीय सरकारले नेपालको संविधान २०७२ अन्तर्गत सरकारी वित्तीय हस्तान्तरण ऐन र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नेपाल चिया विकास निगमबाट प्राप्त गर्नुपर्ने विभिन्न कर असुलउपर हुन नसकेको बताएका छन । स्थानीय तहले पाउनु पर्ने भूमि (मालपोत), व्यवसाय कर र सम्पत्ति कर असुलीका लागि पटक पटक पत्राचार गर्दा पनि सघाइ समूहले अटेर गरिरहेको जनाइएको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved