‘लम्कि स्किन’ले भकाभक मर्दै लैना गाई पशु सेवा विज्ञ केन्द्र जनशक्ति विहिन

  • बैशाख ६, २०८०
  • भगीरथ भण्डारी
alt

इलाम / इलामको रोङ गाउँपालिका ५ का मिलन न्यौपानेको गाई गोठमै मर्‍यो । एकलाख रुपैया मूल्य बरारबोे गाई एक्कासी विरामी भएर मरेपछि उनी छाँगाबाट खसेजस्तो भए ।
गाइ बचाउन उनले धेरै प्रयास गरे । उपचार गराउन लाने ठाउँ सबै पुर्‍याए तर उनको केही लागेन । अन्तत: मरेरै छाड्यो
उनको मात्र हैन सोही ठाउँका मनलाल कट्टेलको गाई अहिले बिरामी छ ।

यस्तैे राजेन्द्र आचार्यको ब्याउन लागेको गाई १५ दिन भन्दा अगाडिदेखि विरामी छ ।
गाईको खुट्टा पाक्ने अनि पिप निस्किने रोगी गाइहरुमा हुने गरेको छ ।

इलाम नगरपालिका १० गोदकका वीरेन्द्र मिश्रका ३ वटा गाई यही प्रकारका विरामी छन । यस्तै राजकुमार रम्तेलका लैना गाई पनि अहिले विरामी छ । उनीहरुले गाउँमै जडिबुटी प्रयोग गरेर विमार निको पार्न खोजे पनि निको नभएपछि पशु चिकित्सककोमा लाने गरेका छन् अन्तत: उपचारमा औषधिले नछुने गरेको पाइएको छ ।

इनपा १० कै दमन्ता कोइरालाको गोठमा दिनमा १२ लिटर दूध दिने लैनो गाई ११ दिनदेखि बिराम भएपनि पशु डाक्टरले दुइटा सुई लगाइदिएका थिए । १८ लिटर दूध दिने गाई विरामी परेपछि अहिले उनको आम्दानी नै मरेको् छ ।

उनीहरुमात्र होईन जिलाका अधिकांश किसानका गाई अहिले पनि विरामी छन । केही समययता गाईवस्तुमा ‘लम्पी स्किन’ रोग फैलिएर गाई भकाभक मर्न थालेपछि किसान अताल्लिएका हुन् । औषधोपचार हुन नसकेको रोगका कारण गाई मर्न थालेपछि जिल्लाका हजारौं किसान चिन्तामा छन् ।

गाईलाई ज्वरो आउने, शरीरभर फोका उठ्ने, तिनै फोका पाकेर कीरा पर्ने, खुट्टा सुन्निनेजस्ता लक्षण गाईमा देखिएको किसान बताउँछन । यस्ता लक्षण देखिएको केही दिनमा घाँस खान छाडेर थला पर्ने र मर्ने गरेको किसानको भनाई छ । करिब तीन साता यता

इलामका १० वटै पालिकामा यो रोगको संक्रमण फैलिँदै छ । पशु प्राविधिकका अनुसार उपयुक्त औषधि र उपचार नहुँदा अहिले यो रोग बढ्ने क्रममा छ । गोठमा गाई मरेपछि झिँगाका कारण पनि गोठमा बाँधिएको एउटा गाईबाट अर्काेमा यो रोग सर्नेगरेको अनुमान पशु प्राविधिकको भनाई छ ।

झापास्थित भेटेरीनरी अस्पतालका पशुप्राविधिक शितल भट्टराईले रोगी पशुको नमुना प्रयोगशालामा पठाइएको भन्दै अहिले रोग नियन्त्रण हुन नसकेको र यसको खोप नभएको बताउछन । उनले भने, ‘हामीले खोपका लागि प्रयास गरिरहेका छौं, गर्मी मौसम भएकाले पशुलाई फोहोरबाट बचाउन पनि आवश्यक छ ।’

यता इलाम नगरपालिकाले गाईहरुमा लम्फी स्किन डिजिजजस्तै लक्षण भएको नयाँ रोग फैलिएको हुनाले गाईलाई मर्नबाट जोगाउन तथा पशुधनको सुरक्षा गर्न सल्लाह सुझाव मागेको छ । सोमबार सुचनागरी नगरपालिकाले सल्लाह सुझावको अनुरोध गरेको हो । रोङ गाउँपालिकाले विरामी भएका गाईहरुको उपचारमा खटिरहेको जनाएको छ ।

पशु सेवा विज्ञ केन्द्र जनशक्ति विहिन

जिल्ला भरका पशुमा ‘लम्की स्किन’ले भका भक मर्दे गर्दा इलाममा रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जनशक्ति विहीन छ । विगत साढे तीन महिनादेखि पशु प्राविधिक र कर्मचारी नहुँदा एक कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भइरहेको छ ।

तीन महिनादेखि एक्लै कार्यालय सञ्चालन गरिरहेको कार्यालय सहयोगी टंक प्रसाद खतिवडा बत्ताउँछन् । बिहान कुचो लगाउने देखि लिएर बोका सुँगुर खसी पार्ने काम पनि गर्नुपर्ने उनले जानकारी दिए । इलाम नगरपालिका वडा ९ का रोमनाथ नेपाल १२ दिन गाई बिरामी भएको तर विशेषज्ञ डाक्टर उपलब्ध नभएको र अहिले गाई मरेको बताउँछन् ।

उनले भेटनरी अस्पताल भद्रपुरमा फोन गरेर जानकारी गराउँदा पनि सीमित जनशक्ति भएकोले कहिदिन लाग्ने जवाफ पाएको बताए ।
इलामको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई कर्मचारी नभएकाले सम्पर्क कार्यालयको रुपमा सञ्चालन गरिरहेको छ ।

यहाँ कार्यरत पशु चिकित्सक डा सञ्जय ढुङ्गाना गत माघ ३ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएपछि कार्यालय सहयोगीको घरमा कार्यालय सञ्चालन हुँदै आएको हो । कार्यालयमा कार्यरत कर्मचारीहरू डिग बहादुर कार्की र भीम सङ्ग्रौलाले अवकाश पाएपछि प्रदेश मन्त्रालयले यहाँ जनशक्ति परिचालन गरेको छैन ।

डा ढुङ्गाना सरुवा मिलाएर मन्त्रालयमा नै हाजिर गरिरहेका छन् ।
प्रयोगशाला, कार्यालय निवास, सहितको संरचना रहको इलामको पशु सेवा विज्ञ केन्द्रमा रहेका विभिन्न उपकरण पनि त्यसै सञ्चालनमै नआई थन्किएको छ । यहाँ रहेको कुटी काट्ने, साइलेज बनाउने, मिनिरल ब्लक बनाउने मेशिन र काउ सिड जस्ता उपकरण समेत प्रयोग विहीन बनेका छन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved