धरान २० चिण्डे डाँडा रमणीय स्थल बन्दै सडकको सहज पहुँच पुर्‍याउन स्थानीयको माग

  • बैशाख ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  अहिले तराईमा ह्वात्तै गर्मी बढेको छ । सर्वसाधारणहरु चीसो ठाउँको खोजीसँगै रमणीय स्थलको खोजीमा हुन्छन् । रमणीय स्थलसँगै चीसो मौसमका कारण धनकुटाको भेडेटार धनकुटा घुम्न जानेहरुको रोजाईमा पर्छ ।

तर पछिल्लो समय भेडेटारको विकल्प धरान २० चिण्डे डाँडा बन्दै गएको छ । नजिकको दूरी रमणीय स्थल भएकै कारण अहिले यस स्थानमा आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।

धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरी पार गरेपछि धरान उपमहानगरपालका वडा नं. २० मा पर्ने चिण्डेडाँडा पुग्न सकिन्छ । यो ठाउँ पछिल्लो समय रमरणीय स्थलको रुपमा परिचित बन्दै गएको छ ।

प्याराग्लाडिङ यस ठाउँबाट उड्नेमात्र हैन यो डाँडाबाट धरान लगायत तराईका विभिन्न भागको दृश्य राम्ररी नियाल्न सकिन्छ । सडक जीर्ण भएपनि अहिले यो ठाउँ ट्रेकिङको रुपमा विकास हुदै गएको छ ।

धरान १५ बाट अघिल्लो दिन नै बास बसेर फर्किदै गरेको मनोज विकको टोली अघिल्लो दिन नै टेन्ट बोकेर चिण्डे डाँडामा बसेको सुनाए । पैदलै हिडेर अघिल्लो दिन चिण्डेडाँडा पुगेका उनीहरुको टोलीले बाटो घाटो राम्रो भएको खण्डमा यस ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने धारणा राखे ।

विकले भने–‘चिण्डे डाँडा धरानको रमणीय स्थल हो, तर यहाँ जीर्ण सडक छ, सडक निर्माण सम्पन्न भए यो ठाउँ पूर्वकै सुन्दर पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ ।’
पोखराका विभिन्न ठाउँबाट पोखराको दृश्यजस्तै रमणीय धरानको दृश्य अवलोकन गर्न सकिने भएकोले यसलाई पोखराकै जस्तो पर्यटकीय स्थलको रुपमा विकास गरेर लान सकिने स्थानीय भरतराज शर्मा बताउँछन् ।

उनले भने–‘हामी धेरै ठाउँ अवलोकन भ्रमणमा गएका छौै, पोखरा, पाल्पा लगायतका स्थानभन्दा धरानको चिण्डेडाँडा कम छैन, यसको विकास गर्न नसकेकै कारण पछाडि परेको हो ।’
यो ठाउँ साइकलिङ गर्नेहरुको लागि पनि उपयुक्त स्थान भएको धरानका युवाहरु बताउँछन् । यो ठाउँलाई ट्रेकिङको अवधारणा अगाडि बढाएर विकास गर्न सके अन्य पर्यटकीय स्थलजस्तै घुम्न आउनेहरुको रोजाईमा पर्ने साइकलिङमा पुगेका युवाहरुको भनाई छ ।

आजभन्दा ५ बर्ष अगाडि चिण्डे डाँडासम्म पुग्ने बाटो गोरेटोमात्र थियो । अहिले कच्ची सडकसम्म बनेको छ । दुई प्रांग्रे मोटरसाइकल, अटो रिक्सा लगायतका सवार साधन यस ठाउँमा पुग्न सक्छन् । सडक सञ्जालले छोएपछि यस ठाउँमा होटल समेत सञ्चालनमा छन् ।

स्थानीय होटल सञ्चालक प्रेमकुमार राईले बाटो घाटोको सुविधा भएको भए यो ठाउँमा अत्याधिक पर्यटक आउने बताए । उनले यस विषयमा सम्बन्धित पक्षसँग पटक पटक पहल गरेको भएपनि सुनुवाई नभएको बताए । उनले भने–‘यो ठाउँको पर्यटन प्रवद्र्धनमा सडक सञ्जाल राम्रो हुनुपर्छ, यस विषयमा सम्बन्धित पक्षसँग पटक पटक कुरा राखे तर सुनुवाई भएन ।’

चिण्डेडाँडा पुग्नेहरुले ऐतिहासिक स्थल सुलिकोट, झण्डी डाँडा लगायतका स्थानमा समेत पुग्ने र एक रात बास बसेर आउने गरेको पाइएको छ । चिण्डे डाँडा थोरै तल कालीमाटीमा सेच्छ एड्भेन्जर प्रा.लि.ले पर्यटकलाई तान्न साहसिक पर्यटक स्थलको निर्माण गरको छ ।

तर पनि धरान उपमहानगरपालिकार्ले पर्यटकीय स्थलको रुपमा विकास गर्न चासो देखाएको पाइदैन । धरानभन्दा केही चिसो, रमणीय स्थल भएकै कारण पनि त्यहाँ पुग्ने जोकोहीले यस स्थलको सुन्दरताको वर्णन गर्ने गर्छन ।

भौगोलिक हिसाबले पनि अति रमणीय स्थल चिण्डेडाडालाई पर्यटकीय स्थलको रुपमा विकास गरेर लग्न सके यो ठाउँ रमणीयमात्र हैन सैयौले रोजजारी समेत पाउने थिए ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved