‘धरान ५ मा अपेक्षाकृत विकास भएन’

  • वैशाख ७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका वडा नं. ५ धरान उपमहानगरपालिकाभित्र गाँभिए पनि अपेक्षाकृत विकास नभएको भन्दै धरान ५ का सर्वसाधारणले मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र बुझाएका छन् ।
कविन्द्र याक्खा तथा न्यायप्रेमी जनसमुदायको् नाममा दिइएको विज्ञप्तीमा पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको यतिका बर्ष वितिसक्दा पनि यस वडाको अपेक्षाकृत विकास हुन नसकेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

मेयर साम्पाङलाई मगबार बुझाएको विज्ञप्तीमा धरान ५ लाई विकास निर्माणमा विदेभ गरिएको उल्लेख गरेका छन् । उनीहरुले चालु आर्थिक बर्ष २०७९÷०८० को बजेटमा न्यून बजेट विनियोजन, धरान ५ को खानेपानी समस्या समाधानमा गम्भीर नभएको, जनप्रतिनिधिमाथि नै कुटपिट हुँदा समेत गम्भीर नभएको, ६ बर्ष अगाडिदेखि निर्मणाधीन अवस्थामा रहेको अधेरी खोलाको पुलको सम्पन्न अवधि समाप्त हुँदासम्म नगरप्रमुखको भूमिका शून्य रहेको उल्लेख गरेका छन् ।

यस्तै धरान ५ मा रहेका खहेरी खोलाले बर्र्षनी धेरै जनधनको क्षति हुने भएपनि बाढी नियन्त्रणमा नगरपालिकाले सक्रियता नदेखाएको, सेउती खोलाको सीमाङ्कनमा नगरपालिका गम्भीर नभएको, खोलाले धार परिवर्तन गरे पनि तटबन्धको विषयमा गम्भीर नभएको, ५ नं. वडामा हालसम्म घर नं. र निसा प्रमाणपत्रको थालनी नगरेको, एक वडा एक पार्कको नीति पूरा नभएको, देउरालीमा रहेको करिब चार विगाहा जग्गा अतिक्रमण भएको भएपनि नियन्त्रणको प्रयास नभएको, हेल्थ पार्कको नाममा आएको ३० लाख बजेट फ्रिज भएको, वैसाख ३ गते नगरप्रमुखबाट अनुगमनका क्रममा सार्ने निर्देशन दिएर दुःख दिएको लगायतका कुराहरु विज्ञप्तीमा उल्लेख छन् ।

उनीहरुर्ले धरान ५ को वडा कार्यालय, १५ नं. वडा कार्यालय, शव डिभिजन वन कार्यालय धरान, नेपाली काँग्रेस धरान नगर समिति, नेकपा एमाले धरान नगर कमिटी, जसपा नेपाल, संघीय लिम्बुवान पार्टी र नेपाल पत्रकार महासंघ सुनसरीलाई समेत सो विज्ञप्ती बोधार्थमार्फत दिएका छन् ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved