एमालेको धरान नगर कमिटी सर्वसम्मत चयन

  • वैशाख ७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमाले धरान नगर कमिटीको आठौ अधिवेशनबाट हर्कजंग एभेङको अध्यक्षतामा सबै कमिटी निर्विरोध चयन भएको छ । कमिटीको मंगलबार र बुधबार भएको अधिवेशनबाट एभेङसहित ८५ सदस्यीय कमिटी चयन भएको हो ।

342369168_975922630447134_7118366968928415351_n

अधिवेशनबाट उपाध्यक्षमा पारस काङमाङ र सचिवमा राजेन्द्र राई निर्विरोध चयन भएका छन् । यसैगरी सहसचिवमा खुल्लातर्फबाट योगेशबाबु काफ्ले र जनजातिबाट दिवस वान्तवा चयन भएका छन् ।
आठौ अधिवेशन भएपनि राज्य पुनसंरचनापतिको भने यो पहिलो अधिवेशन हो ।

342237369_959783465032136_8572749470964052640_n

मंगलबार धरान १५ किरात याक्थुङ चुम्लुङको भवनामा प्रमुख अथिति १.न.प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम अधिवेशनको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै १ नं. प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य गौतमले पार्टी अब एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले मुलुककको हरेक परिवर्तनमा एमालेको ठूलो भूमिका रहने बताउदै अब आउने नगर कमिटीले पार्टी सुदृढीकरणमा ध्यान दिनु पर्नेमा जोड दिए ।

342239466_620795710066818_6846090042242111317_n यसैगरि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च धरान नगर अध्यक्ष मोहन तिगेला, एकीकृत समाजवादी पार्टी धरान नगर अध्यक्ष रेवतीरवण राई, जसपा धरान नगर अध्यक्ष ताजुब लिम्बुले पहिचानवादी शक्तिलाई पाखा लगाएर प्रदेशको नाम कोशी राखेको बताउदै पहिचानको आधारमा नाम राख्ने कुरामा एमालेले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

342232831_128766476843958_5086464521347368267_n यस्तै नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले विगतको तुलनामा नेकपा एमालेको संगठन सृढिकरण कमजोर भएको बताएका थिए । सो अवसरमा केन्द्रीय सदस्य तथा संघीय सांसद (धनकुटा ) राजेन्द्र राई, केन्द्रीय सदस्य कोशी तुलसी न्यौपाने लगायत पार्टीका विभिन्न तह तप्काका कार्यकर्ताहरुले अधिवेशनबाट आउने नगर कमिटीलाई अग्रिम बधाई एवम कार्यकाल सफलताको शुभकामना दिएका थिए ।342218163_1174528849848242_6195779106313879635_n

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved