काम ढिलो भएको भन्दै मेयर पौडेलले लिए ठेकेदारको गाडी नियन्त्रणमा

  • वैशाख ९, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा  विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा छ ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको छ। यद्यपी, ठेकेदार कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको छ। उपहानगरपालिकाले सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्दता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम दिएको छ।  

विराटनगर–धरान सडक खण्ड अन्तर्गतको अब निर्माण बाँकी हुन तरहरादेखि धरानको सेउतीसम्म बाँकी छ। हिम धुङ् थोकर एण्ड पेसिफिक जेभी कम्पनीले ठेक्का लिएको सडक निर्माण सुस्त हुँदा इटहरी उपमहागनरपालिको ध्यानाकर्षण गराउँदा पनि चाँसो नदिएपछि मेयर हेमकर्ण पौडेल नेतृत्व टोलीले एउटा सवारी साधन नियन्त्रणमा लिएको हो । मेयर पौडेलका अनुसार छ लेन सडक विस्तार आयोजनाका प्रमुख र  ठेकेदार कम्पनीलाईं पटक पटक स्थानीय सरकारको तर्फबाट आग्रह गर्दा पनि अटेर गरेकाले गर्दा अब तीन दिन भित्र लिखित प्रतिबद्दता नआए थप प्रक्रिया अगाडि बढाइनेछ ।

‘संघीय सरकार माताहातको काम भइरहेको हो । तर, इटहरी उपमहानगरपालिका क्षेत्रको काममा स्थानीय सरकारले तर्फबाट हदैसम्म लचकता अप्नाएर सडक चाँडो सक्न आग्रह गर्दा पनि सुनुवाई नभएपछि अब ठेकेदार कम्पनीलाईं लिखित प्रतिबद्दता जनाउन समय सीमा दिइएको छ,’ मेयर पौडेलले भने, ‘यदि तोकिएको समयमा पनि प्रतिबद्दता नआए प्रधानमन्त्री कार्यालय र भौतिक निर्माण मन्त्रालय पुगेर दबाब दिइनेछ ।’

 342357470_1669689673444848_7029291806561731155_n तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् पेसेफिक जेभीले ठेक्का पाएकोको ५.३ मिटर सडक सुस्त निर्माण हुँदा सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्ट्रक्सनले काम अन्तिम चरणमा पु¥याएको छ। जब कि दुईवटा सडक खण्ड एकैपटक ठेक्का लागेको थियो ।

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । ‘अब थपिएको समयमा पनि यही गतिमा काम नहुने निश्चित छ,’ मेयर पौडेलले भने, ‘छ लेन सडक विस्तार आयोजनाका निर्देशक दानकुमार शाक्यको भूमिका समेत प्रभावकारी नभएकाले गर्दा सडक विस्तार सुस्त भएको हो ।’ मेयर पौडेलले छ लेन सडक विस्तारका आयोजना प्रमुख शाक्य ठेकेदार कम्पनीको कारिन्दा जस्तो भएकाले पनि समस्या भएको टिप्पणी गरे । ‘यदि काम प्रभावकारी ढंगले गर्न नसक्ने हो भने उहाँ (शाक्य) को सट्टा नयाँ आयोजना प्रमुख सरकारले सरुवा गर्नुपर्छ,’ उनले भने ।

कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक  विस्तार हुन बाँकी छ। बाँकी रहेको दुहवी बजारमा पनि नगरपाकिाले नगरपालिकाको जग्गा ओगटेर बनाएका चालीसवटा घर भत्काएको छ। घर भत्काएसँगै छ लेन सडक विस्तार गर्न अब दुहवी बजार क्षेत्रमा पनि सहज भएको छ। इटहरीको चौरास्त चोकदेखि दक्षिण विराटनगर लाइनमा पनि सडक क्षेत्राधिकारभित्र पर्ने घर नहटाउँदा सडक विस्तार हुन समस्या भएकोमा एक महिनाअघि उपमहानगरपालिकाकै अगुवाईमा घर भत्काइएको थियो ।

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । अहिलेकै गतिमा काम हुँदा तरहराको पानीपियादेखि धरानको सेउतीसम्म थपिएको समयमा सडक निर्माण पूरा नहुने निश्चित छ । २०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो । पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।

 

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved