किसान कल्याणद्वारा आमाहरुलाई सम्मान

  • वैशाख ८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / मातातीर्थ औसीको अवसरमा सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले ८० जना आमाहरुलाई सम्मान गरेको छ ।

संस्थामा भएका सेयर सदस्य तथा सेयर सदस्यको एकाघरमा बस्ने ७० बर्ष या सो भन्दा बढी उमेरका आमाहरुलाईरुलाई संस्थाको कार्यलय बालग्राममा खादा, अविर र सम्मा पत्र सहित सम्मान गरिएको हो ।

सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक, संस्थापक, कर्मचारी तथा संस्थापक अध्यक्ष र सल्लाहाकारहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष चुडामणि लम्सालले ३४ जनाले स्थापना गरेको सहकारीले ठूलो फड्को मारेको बताए । संस्थाका सल्लाहाकार कृष्णविनोद लम्सालले संस्थाको कामप्रति प्रशंसा गरे ।

किसान कल्याण साकोसका उपाध्यक्ष नरेन्द कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । उनले सम्मान हुने आमाहरुको नाममा संस्थाले जेष्ठ नागरिक खाता खोल्दै मासिक १ सय रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता समेत उपलव्ध गराउने बताए ।

संस्थाका उपसचिव महेश रेग्मीले सञ्चालन गरेको कार्यक्रममा पकलीमा रहेको शान्ति वृद्धा आश्रमकी माया ओझा अतिथीको रुपमा उपस्थित रहेकी थिइन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved