सटरभन्दा बाहिर सामान पूर्ण बन्देज

  • माघ ४, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / पसल भन्दा बाहिर सामान राखेर विक्री वितरण गर्ने व्यवसायीहरुलाई विराटनगर महानगरपालिकाले हँटाउन शुरु गरेको छ ।
पसलको सटरभन्दा बाहिर सामान राख्ने व्यवसायीलाई मंगलारदेखि नियन्त्रणमा लिन लिन थालेको हो ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाई, फुटपाथ नियन्त्रण, सेटब्याक हटाउने र पार्किङ व्यवस्थापनको अभियान जारी राखेको छ । महानगरका मेयर कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थगलत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो । मेयर कोइरालाले सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन महानगर प्रहरीलाई तत्कालै निर्देशन दिएका थिए ।

उनले विराटनगरलाई व्यवस्थित बनाउने दायित्व महानगरवासी सबैको भएकाले सहयोग गर्न आग्रहसमेत गरे । सटरभन्दा बाहिर सामान नराख्न व्यापारीहरुलाई मेयर कोइरालाले व्यापारीहरुलाई अनुरोध गरेका थिए ।

अनुगमनमा मेयर कोइरालाका साथै उपमेयर शिल्पा निराला कार्की, ११ नम्बर वडाका अध्यक्षसमेत रहेका यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपाने, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरीका प्रमुख राजन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीलगायतको सहभागिता रहेको थियो । त्यस्तै टोलीले महानगर क्षेत्रभित्र सञ्चालनमा ल्याउन लागेको पार्किङस्थलको पनि निरीक्षण गरेको थियो ।

महानगरले पहिलो चरणमा जलजलाचोकदेखि कोशी अस्पताल चोकसम्मलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ । सो क्षेत्रको पार्किङ व्यवस्थापन जलजला हल अगाडि गरिएको छ । टोलीले महावीर रोड उत्तर र पुरानो गुद्रीमा निर्माण भइरहेको पार्किङस्थलको पनि निरीक्षण गरेर महानगर प्रहरीसित पछिल्लो अवस्थाबारे जानकारी लिएको थियो ।

त्यस्तै हिमालय रोडमा रहेको सपिङ कम्प्लेक्सको अण्डरग्राउण्ड पार्किङ पनि सञ्चालनमा ल्याउने भएको छ । ट्राफिक चोकमा रहेका मोचीहरुलाई पनि अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी गरेको मेयर कोइरालाले बताए ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved