आगलागी पीडितलाई सहयोग

  • माघ ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ६ मा रहेको सिधुवा बजारमा भएको आगलागीबाट क्षति व्यहोरेका परिवारलाई छथरजोपाटी गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।
गाउँपालिकाले पीडित सात परिवारलाई तत्कालका लागि खाद्यान, भाँडा, लत्ता कपडा नगद उपलब्ध गराएको छथरजोपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए ।

अध्यक्ष सुब्बाले जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारलाई घटनाबारे जानकारी गराई सकिएको र प्रदेश सरकारबाट विपत्मा परेका नागरिकलाई घर निर्माण लागि हुने सहयोगका लागि समेत गाउँपालिकाबाट निर्णय भई सकेको बताए ।

राहत वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ्ग खेवा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जीमी, गाउँपालिकाका निवर्तमान अध्यक्ष शेरबहादुर लिम्बु, गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष, गाउँपालिकाका कर्मचारी, सुरक्षा निकाय, रेडक्रसका प्रतिनिधि समाजसेवी, लगायतको उपस्थिति रहेको थियो ।

धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो वसन्तपुरको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको हो । आगलागीबाट चार घर जलेका छन् । त्यस्तै आगो नियन्त्रणको लागि २ घर भत्काइएको थियो । 

 स्थानीय होम बहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन घिमिरेको घर जलेको हो । त्यस्तै आगो नियन्त्रण लिन स्थानीय सन्तोष राईको घर भत्काइएको थियो । आगो स्थानीय झमक थापाको घरबाट सुरु भएको स्थानीयको भनाई छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved