लायन्सको कार्यक्रममा पूर्व युवराज्ञी हिमानी

  • माघ १, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । लायन्स क्लब पञ्चकन्याको एक कार्यक्रममा सहभागी हुन पूर्व युवराज्ञी हिमानी शाह धरान १५ दिन ज्ञानचक्षु विद्यालयमा आएकी थिइन । लायन्स क्लब अफ पञ्चकन्लायले ‘शिक्षाका लागि एक रुपैया’ अन्तर्गत लायन्सले प्रदान गरेको शैक्षिक सामाग्री वितरणमा साह शुक्रबार ज्ञानचक्षु विद्यालयमा आएकी हुन् । उनीँ बा.प्र. ०१ ०२७ च ६१७१ नं बाट आएकी थिइन् ।

हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी साहले पानसमा बत्ती बालेर ा कार्यक्रमको उद्घाटन गरिन । क्लबको तालिका अनुसार उनले त्यहाँ अध्ययनरत नेत्रहीन विद्यार्थीहरुलाई वाईट क्यान स्टिक, ईयर हियरिङ्ग, स्टेसनरीका सामग्रीहरु तथा ब्लाङकेट लगायतका सामाग्रीहरू वितरण गरिन् । कार्यक्रममा उनले केही बोलिनन् ।तर कार्यक्रम आयोजकले भने उनको मुक्तकण्ठले प्रशांसा गरेका थिए । 

सामाग्री वितरणपश्चात लायन्स क्लव पञ्चकन्याका डिष्ट्रिक कोर्डिनेटर इन्द्र खत्रीले पूर्व युवराज्ञी साहले ट्रसको माध्यमबाट पु¥याएको सहयोग अतुलनीय रहेको बताएका थिए । उनले गरेको लायन्स क्लब पन्चकन्याले अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

यस्तै कार्यक्रममा क्लबका डिस्ट्रिक गभर्नर धिरज गुरुङले शिक्षाका लागि एक रुपैयाले यहाँका विद्यार्थीहरुलाई धेरै सहयोर्ग पुगेकोे बताए । उनले शिक्षाको लागि एक रुपैयामा सबैलाई सहभागी हुन आग्रह समेत गरेका थिए ।

लायन्स क्लब पञ्चकन्याकी अध्यक्ष एकता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रमोद भण्डारी, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजमणी निरौला, लायन्स क्लबका फष्ट लेडी रेखा गुरुङ, लायन्स क्लबका सदस्यहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, राजसंस्थाप्रति आस्थावान स्थानीय बासिन्दाहरु, धरान नगरका विभिन्न स्कुलका शिक्षकहरु, विद्यार्थीहरु, स्वयंसेवकहरु लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा दृटिबिहिन विद्यार्थीहरुलाइ वाइट केन स्टिक २९, १६ जना विद्यार्थीहरुलाई १ बर्ष सम्मको छात्रवृत्ति, १ सय थान स्कुल ब्याग ,स्टेसनरी सामान अन्तर्गत ६ हजार कपी र कलम, जाडोलाई लक्षित गरी ३० ब्लाङकेट, ७५७ थान वाटर फिल्टर, इयर मेसिन ४५५ थान वितरण गरिएको थियो ।

तस्विर लक्ष्मण थापा

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved