यलेदोङ ओपन महिला बास्केटवलको उपाधी धरान मेघा अलस्टारलाई

  • माघ १, २०७९
  • "स्नेह श्रेष्ठ"
alt

विजयुर / किराती समुदायहरुको नया वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थी्र वाइ थी्र ओपन महिला वास्केटवल प्रतियोगिता ५०८३ को उपाधी धरान मेघा अलस्टार टिमले जितेको छ ।

फाइनल खेलमा धरान मेघा अल स्टार टिमले विर्तामोड, झापा टिमलाई १३–३ अंककको फराकिलो अन्तरले पराजित गर्दै उपाधी माथी कब्जा जमाएको हो । उपाधीसँगै धरान मेघाले नगद ७ हजार, उपबिजेता बनेको बिर्तामोडले नगद ३ हजार ५ सय , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर एमभिपीको उपाधी धरान मेघा अल स्टारका डा. आशा राई घोषित भइन । उनले नगद १ हजार ५ सय रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । बिजेता तथा उपबिजेताहरुलाइ कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथी किरात राई यायोक्खा, केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई लगायतले पुरस्कार बितरण गरेका थिए ।

धरान बास्केटवल संघको आयोजनामा पौष २९ र ३० दुई दिने प्रतियोगितामा झापा, इलाम, मोरङ र धरानका १८ वटा टिमले सहभागिता जनाएका थिए ।प्रतियोगितामा पुरस्कार ट्रफीहरुमा चिन्डो ( वावू ) प्रयोग गरिएको थियो । किराती संस्कारमा चिण्डोलाई शुद्धताको प्रतिकको रुपमा मानिन्छ ।

किराति समुदायले सुख र दःुख दुवै कार्यमा चिण्डोको प्रयोग गर्ने गर्दन । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, अग्रज पत्रकार हर्ष सुब्बा, राजेश बिद्रोही, सचेत धरानका प्रबक्ता राम लिम्बू , पुर्व मि. पुर्वान्चल हर्कराज लिम्बू लगायतको उपस्थिती रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved