नेपाली उद्योगीलाई प्रोत्साहन गर्न उद्योगी व्यवसायीको माग

  • माघ १, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान//मुलुकको आर्थिक अवस्था जर्जर अवस्थामा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन तथा संरक्षण गर्ने स्पष्ट नीति ल्याउन नसक्दा उद्योगी तथा व्यवसायीहरु विस्तारै पलायन हुँदै गएको उद्योगीव्यवसायीहरुले बताएका छन् ।लामो समयदेखि मुलुकमा आर्थिक मन्दी हुँदा सरकारले नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुको निम्ति स्पष्ट नीति नल्याउँदा दिनप्रतिदिन उद्योग तथा व्यवसाय धरासय बन्दै गएको यसतर्फ सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड सुनसरी उद्योग वाणिज्य संघको ३९ औ साधारणसभामा बोल्ने उद्योगी तथा व्यवसायीहरुले बताएका हुन् ।

शुक्रबार संघकै सभाहलमा आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले मुलुकमा अहिले ४० प्रतिशतमात्र उद्योग राम्ररी चलेको बताएका थिए । उनले कोरोना संक्रमण, बैंकहरुले बढाएको चर्को व्याजर लगायतका कारणले उद्योगीहरुले उद्योग सञ्चालन गर्न नसक्दा धमाधम उद्योगहरु बन्द हुन पुगेको बताएका थिए । उनले भने–‘मुलुकको आर्थिक अवस्था अत्यन्तै कमजोर बन्दै गएको छ, भएका उद्योगमध्ये पनि ४० प्रतिशत उद्योग मात्र सञ्चालनमा छन्, पूर्ण रुपमा उद्योग सञ्चालन गर्न राज्यले केही प्याकेज दिनुपर्ने हो तर उल्टै उद्योगीव्यवसायीलाई संकटमा पर्ने गरी बैकको ब्याज बढाएको छ ।

मुलुकमा उद्योग धन्दा बन्द भएकै कारण युवाशक्ति विदेश श्रम गर्न जाने क्रम बढेको उनको भनाई थियो । नीजि क्षेत्रलाई प्रर्वद्धन गर्दै युवा जनशक्तिलाई रोक्ने नीति अब सरकारले ल्याउनुपर्नेमा उनको जोड थियो ।यस्तै सुनसरी उद्योग वाणिज्य सघका अध्यक्ष विजय श्रेष्ठले मुलुकको अवस्था, देशको अर्थतन्त्रलाई सुदृढ गर्न तथा जिल्लाको आर्थिक विकासका गर्नको लागि संघको तर्फबाट आधिारिक धारणा प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको आधिकारिक धारणामा निजी क्षेत्रको विकासलाई प्रवद्र्धन गर्नुपर्ने, नेपालीको उद्यमशीलताबाटमात्र उद्योगी व्यवसायीहरुको विकास सम्भव रहेको, मुलुक प्रादेशिक संरक्षामा गएपछि लगानी बढ्नुपर्ने भएपनि राज्यको नीतिगत अस्पष्टता र शासकीय कार्य क्षेत्रमा देखिएका समस्याले अपेक्षाकृत लगानी हुन नसकेको, मुलुकभित्र प्रशस्त लगानी र व्यवसायको थप विस्तार गर्न अहिलेको आयकर, मूल्य अििभबृद्धि कर लगात राजस्व सम्बद्ध ऐन नियम समायनुकूल सुधार गर्नुपर्ने, राज्यले साना तथा मझौला उद्योगहरुको संरक्षण र सम्बद्र्धनमा जोड दिनुपर्ने लगायत १३ बुँदे महत्वपूर्ण प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश उद्योगी तथा व्यवसायीहरुले युवाहरुलाई स्वेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने, नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै स्वदेशमै अधिक भन्दा अधिक उद्योग स्थापना गरी युवाहरुलाई स्वदेशमै रो्जगार दिनुपर्ने लगायतका कुराहरु सरकारले यथाशिघ्र गरिदिनुपर्ने बताएका थिए ।उनीहरुले प्रादेशिक संरचना निर्माणपश्चात स्थानीय तह र प्रदेश सरकारको दायराको स्पष्ट नहुँदा दोहोरो करमा व्यवसायीहरु पर्ने गरेको लगायतका कुराहरुको विषयमा प्राथमिकतामा साथ उठान गरेका थिए 

जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष राजन मेहताले उद्घाटन गरेको सो कार्यक्रममा उद्योगी, व्यवसायी, सशस्त्र प्रहरी, जनपथ प्रहरी, धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ, सुनसरी उद्योग वाणिज्य सघका वर्तमान पदाधिकारी, निवर्तमान अध्यक्षहरु, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved