भवन निर्माण भइसक्दा पनि मालपोत र नापी सरेन भाडावापत करोडौँ रुपैया तिर्दै

  • माघ ३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / आफ्नै भवन हुँदाहुँदै पनि मालपोत र नापी कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आइरहेका छन् । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक वर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा पनि विवादका कारण सञ्चालन हुन नसकेको हो ।
२०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ । मालपोत तथा नापी कार्यालयको भवन धरान १६ पानबारीमा एक वर्ष अगाडि नै निर्माण सम्पन्न भएपनि विवादका कारण अझै आफ्नो भवनमा सर्न सकेको छैन ।

धरान ६ पानबारीका स्थानीयहरुले एक वर्ष अगाडि भवन निर्माण सम्पन्न हुँदा पनि कार्यालय सर्न नसकेको गुनासो पोख्दै आएका छन् । मालपोत र नापी कार्यालयकै कारण व्यापारिक चहलपहल बढेकोले धरान १६ मा त्यहाँका स्थानीयमात्र हैन केही राजनीतिक दलहरुले समेत सार्न नदिने बताउँदै आएका छन्

केही समय अगाडि संघीय लोकतान्त्रिक मञ्च, संघीय लिम्बुवान मञ्च सुनसरीले मालपोत र नापी कार्यालय सार्न नहुने भन्दै ज्ञापनपत्र बुझायो । मालपोत कार्यालयका तत्कालीन प्रमुख भीमप्रसाद गौतम तथा नापी कार्यालयका तत्कालीन प्रमुख कृष्णप्रसाद न्यौपानेले सो क्षेत्रमा एक–एक कट्ठा जमिन लाभ लिएको आरोप मञ्चको छ ।

मालपोत र नापी कार्यालयलाई साविककै ठाउँमा राख्नुपर्ने माग राख्दै गर्दा भवन निर्माण स्थल धरान ६ पानाबारीबासीले भने वेकारमा भाडा तिरेर मालपोत र नापी कार्यालय सञ्चालन गर्नुभन्दा आफ्नै भवनमा सञ्चालन गर्नुपर्ने बताउँदै आएका छन् ।

मालपोत र नापी कार्यालयलाई साविककै ठाउँमा राख्नुपर्ने अडान एक थरिले राखिराख्दा पानबारीबासी भने आफ्नै भवनमा कार्यालय कसरी स्थानान्तरण गर्ने भन्ने विषयमा छलफलमा जुटिरहेका छन् ।
धरान ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईले मालपोतको कार्यालय बनिसकेको र नापीको भवन बन्न केही समय लागे पनि नापीलाई स्थानीयबासीले भवन बनिनसकुञ्जेलको लागि भवन उपलब्ध गराएको विषयमा कार्यालय प्रमुखलाई बारम्बार जनकारी गराउँदा समेत बनिसकेको भवनमा कार्यालय स्थानान्तरण नभएको बताए । उनले भने–‘पानबारीमा मालपोत र नापी कार्यालयको भवन बनिसकेको छ, धरान १६ मा करोडौँ रुपैया भाडा तिरिरहेको छ, आफ्नो भवनमा स्थानान्तरण गर्न सकेको छैन ।’

हुन त मालपोत र नापी कार्यालयमा बढी सेवाग्राहीको चहलपहल हुने भएकोले पनि त्यस स्थानको व्यापारिक कारोबार ह्वात्तै बढ्ने गरेको छ । धरान १६ बाट मालपोत र नापी कार्यालय सरेको खण्डमा त्यो ठाउँ सुक्ने भयले पनि एक थरिले सार्न नदिने प्रपञ्च रचेका हुन् ।
तर आफ्नै भवन निर्माण भइसक्दा पनि नसर्दा पानबारीबासी भने आश्चर्यमा परेका छन् ।

स्थानीय कृष्ण गौतमले मालपोत र नापी कार्यालय गाउँमै आए गाउँको समेत विकास हुने देखेर जग्गा उपलब्ध गराएको बताउँदै अहिले भवन निर्माण एक वर्ष अगाडि नै भइसक्दा यी दुवै कार्यालय सर्न नसकेको बताए ।
उनलेभने–‘यहाँ मालपोत र नापीको लागि भनेर जग्गा खोजि भइरहेको थियो, मालपोत र नापी यहाँ आए पानबारीमा समेत चहलपहल हुने र यहाँका सर्वसाधारणको पनि भविष्य राम्रो हुने देखिएको थियो तर भवन निर्माण भइसक्दा पनि के कारणले सर्न नसकेको हो, यो बुझ्नै सकिएको छैन ।’

एकथरिले भने भवन निर्माण भइसक्दा पनि भाडा तिरेरै बसिरहनु उचित नभएको भन्दै नेपाल सरकारको पैसा त्यतिकै दुरुपयोग भइरहेको बताएका छन् । स्थानीयबासी हरिबहादुर राईले सुविधासम्पन्न आफ्नै भवन हुँदा समेत मालपोत र नापीले करोडौ रुपैया भाडावापत तिर्दैै आएकोप्रति आश्चर्य प्रकट गरे । उनले भने–‘पानबारीमा भवन निर्माण भइसकेको छ, तर कसको कारणले कार्यालय सर्न नसकेको हो बुझ्नै गार्‍हो भयो ।’

भवन बनिसक्दा पनि कार्यालय नसर्नुमा राजनीतिक चलखेल भएको एक खेल सर्वसाधारणको बुझाई छ । स्थानीय कृष्णकुमार राई यो र त्यो बहानाले मालपोत र नापी कार्यालय नसर्नुमा पूर्ण रुपम राजनीतिक हस्तक्षेप भएको बताउछन् ।

उनी भन्छन्–‘विकासको नाममा किन राजनीति गर्नु, विकास भएको ठाउँ त आफै विकास भइसकेको छ, तर विकास नभएको ठाउँमा पनि जनताका सरोकारका कार्यालय खोलेर विकास गर्नु पर्ने होइन र ?’
मालपोत कार्यालयका कार्यालय प्रमुख चन्द्रप्रसाद मिश्रले आफू यस कार्यालयमा आएर कार्यभार सम्हालेको चार महिना भएको बताए । उनले आफू आउनेवित्तिकै त्यहाँ निर्माण भएको कार्यालयहरुको निरीक्षण गरेको बताउदै सर्नुपर्छ भन्ने मान्यता आफूको समेत भएको बताए।

उनले नापी र मालपोतको कार्यालय निर्माणम १० करोड खर्च भइसकेको बताउँदै अहिले आएर कार्यालय सर्नु हुँदैन भन्ने कुरा जायज नभएको बताए । उनले भने–‘कार्यालयको भवन बनिसकेको छ, ढिलो चाडो कार्यालय सार्नु नै उचित हुन्छ ।’

 

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved