स्वदेशमै रोजगारीको सिर्जना गरौँ

  • माघ १, २०७९
  • कोशीपत्र सम्पादक
alt

वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्न थालेपछि रेमिट्यान्समा सुधार आएको समाचार प्रकाशमा आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार चालू आवको पहिलो पाँच महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भएर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति पनि बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मङ्सिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । गत असार मसान्तसम्मको तुलनामा अहिले भएको सञ्चिति ६.३ प्रतिशतले बढी रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

नेपाली अर्थतन्त्रमा देखिएको सङ्कटमा सुधारका लागि यो सकारात्मक पक्ष हो । तत्कालका लागि यसलाई सुखद् विषय मान्न सकिए पनि दीर्घकालका लागि भने देश विकासमा यसले नकारात्मक प्रभाव पार्ने निश्चित छ । युवालाई सक्रिय जनशक्तिका रूपमा लिने गरिन्छ । देशको विकास र प्रगतिमा यिनै सक्रिय जनशक्तिको भूमिका अपरिहार्य हुन्छ । विकसित देशहरूले युवा शक्तिकै परिचालनबाट देशमा सकारात्मक परिवर्तन ल्याउन सफल भएका हुन् । हाम्रै युवालाई प्रयोग गरेर कतिपय देशले विकास निर्माणमा फड्को मारेका छन् । हामी भने युवालाई विदेश पठाएर रेमिट्यान्समा रमाएका छौँ । यो विडम्बनाको विषय हो ।  

सरकारले स्वदेशमै रोजगारी दिने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको हो । कोरोना सङ्क्रमणकालमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेपछि यसले रेमिट्यान्स पनि घटेर देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको थियो । अहिले रेमिट्यान्समा सुधार आएको छ । रेमिट्यान्स घट्दा विदेशी मुद्राको सञ्चिति ६ वर्षयताकै न्यून भएको थियो । यसले हाम्रो अर्थतन्त्र रेमिट्यान्समा निर्भर भएको देखिन्छ । यस्तो अवस्था सकारात्मक होइन । यसमा सुधार हुनु आवश्यक छ । 

वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पठाएको रेमिट्यान्सले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन तथा परिवारको जीवनस्तर माथि उठाउन ठूलो सहयोग पुगेको छ । तत्कालका लागि यो राम्रो पक्ष हो तर रेमिट्यान्सको ८० प्रतिशतभन्दा बढी रकम परिवारका सदस्यहरूको दैनिक जीविकोपार्जनका लागि खर्च हुने गरेको अध्ययनले देखाएको छ । यस्तो रकम उत्पादक क्षेत्रमा खर्च हुन सकेको छैन । रेमिट्यान्सको सदुपयोग हुन नसक्दा नागरिकहरू आत्मनिर्भर हुन सकेका छैनन् । 

यस्तो अवस्था कायम रहने हो भने हामी सधैँभरि परनिर्भर नै रहने निश्चित छ । यस्तो अवस्था अन्त्य हुनुपर्छ । यसका लागि सरकारले ठोस योजना र कार्यक्रम लागू गर्नु आवश्यक छ । स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरेर युवाशक्तिलाई नरोकेसम्म देशको प्रगति र विकास हुन सक्दैन । त्यसैले सरकार र राजनीतिक दलहरूले यसतर्पm ध्यान पुर्याउनु आवश्यक छ ।   

 

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved