बिचौलियाका कारण पानबारीका कृषक मारमा कृषकले खेती नै लगाउन छाडे

  • पुष २९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरान उपमहानगरपालिकाको कृषि पकेट क्षेत्र वडा नं. ५ का कृषकहरुले मेहनतअनुसारको मूल्य नपाएको गुनासो गरेका छन् । यस क्षेत्रका कृषकहरुले धान, मकै, कोदो लगायत सागसब्जी उब्जाउने गरे पनि मूल्य भने बिचौलियाले तोकिदिने गरेको उनीहरुले गुनासो गरे।आफूले उत्पादन गरेको कृषि सामाग्रीको उचित मूल्य नपाउँदा कृषि पेशाबाटै विस्थापित हुने अवस्थाको सिर्जना भएको गुनासो उनीहरुको छ ।

धरान ५ का कृषक रोशन आचार्यले विचौलियाका कारण यहाँ उत्पादन भएका कषि सामाग्रीको भाउ नभएको बताए । विचौलियाले यतिमा विक्री भयो भनेकै आधारमा आफूहरुले उत्पादन गरेको कृषि सामाग्री विक्री गर्न बाध्य हुनुपरेको गुनासो उनको छ ।उनले भने हामी कृषि सामाग्री उत्पादन गर्छौ, तर मूल्य भने बिचौलियाले तोकिदिन्छ, यो भन्दा विडम्बना के छ ?’ उनले आफूहरुलाई बजार भाउ थाहा नहुँदा विचौलियाले भनेकै दाममा उत्पादन गरेका कृषि सामाग्री विक्री गर्न बाध्य हुनु परेको बताए ।

उनीमात्र हैन सोही स्थानका अर्का कृषक टंकबहादुर न्यौपानेको भनाई पनि आचार्यको भन्दा फरक छैन ।उनले समेत कृषकले परिश्रम गरेर उत्पादन गरेको कृषि सामाग्रीले उचित मूल्य नपाए पनि विचौलियाले फाइदा लिने बताए ।  उनले भने आफूले मूल्य तोक्नुपर्नेमा विचौलियाले मूल्य तोकिदिनुपर्र्छ यो भन्दा ठूलो विडम्बना छैन, हाम्रो परिश्रम सबै विचौलियाले खाइदिएको छ ।यसैका कारण कृषि क्षेत्रमा जीवन विताएकाहरुले पनि कृषि पेशाबाट नै विस्थापित हुने अवस्था आएको उनीहरुको भनाई छ ।

उनीहरुले यही अवस्था आइरहे कृषि पेशा छोडेर अर्कै पेशा अंगाल्न बाध्य हुनुपर्नै अवस्था आउने बताएका छन्  सरकारले कृषि क्षेत्र र बसोबास गर्ने क्षेत्र नछुट्याउदा कृषि भूमि नछुट्याइदिँदा कृषकले पाउने सुविधाबाट कृषक बञ्चित हुनुपरेको धरान उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष मनप्रसाद लिम्बु बताउछन् । उनी भन्छन् राज्यले ल्याएको भूबर्गीकरण नीति अनुसार काम गर्न सकेको छै्रन । भूवर्गीकरण अन्तर्गत कृषि क्षेत्र र गैर कृषि क्षेत्र भनेर दुई भागमा बर्गिकरण गरेको छ, तर पानबारीलाई कृषि क्षेत्र भन्दा पनि बसोबासको क्षेत्रको रुपमा लिएको छ ।

 बसोबासकै रुपमा सरकारले लिँदा यहाँका कृषकहरुले राज्यबाट पाउने सुविधा पाउन नसकेको उनको भनाई छ । पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाँभिएपछि यहाँको जग्गाको् भाउ आकासिएकोले कृषकहरुले नै पानबारीलाई कृषि क्षेत्रको रुपमा लिन नमानेको उनी बताउँछन् । उनले भने कृषि क्षेत्र घोषणा गर्दा राज्यले कृषकलाई दिने अनुदानदेखि लिएर प्राविधिक ज्ञान सबै दिने गर्छ तर यहाँकै कृषकहरु त्यो चाहँदैनन् ।’

धरान उपमहानगरपालिकामा नगाभिँदा साविक पाँचकन्या गाविस क्षेत्रका कृषकहरुको पेशा नै कृषि थियो । तर उपमहानगरपालिकामा गाभिएपछि यहाँको जग्गाको मूल्य ह्वात्तै बढेपछि कृषि क्षेत्र महंगो मूल्यमा धमाधम घडेरीमा बिक्री हुन थालेका छन् । भएका कृषि क्षेत्र र कृषकहरुलाई स्थानीय स्तरबाट नै संरक्षण गर्नुपर्नेमा त्यो गर्न सकेको छैन । धरान उपमहानगरपालिकाले पकेट क्षेत्रको रुपमा लिएको यो् क्षेत्रमा पछिल्लो समय उत्पादन भएको कृषि सामाग्रीको मूल्य कृषकले नपाउने अवस्था सिर्जना हुनु र कृषियोग्य जमिन घडेरीमा विक्री हुनुले पनि खेतियोग्य जमिन मासिदै गएका छन् भने विगतमा कृषि पेशा अँगाल्नेहरु पनि अन्य पेशातर्फ आकर्षित बन्दै गएका छन् । यसलाई रोक्नको लागि राज्यले स्पष्ट नीति ल्याउन जरुरी भइसकेको छ 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved