धरान मोडलको खेल सप्ताह सकियो : ५० पिन्ट रगत सङ्कलन

  • पुष ३०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम समापन भएको छ । २४ गते आइतबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम २९ गते शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । रक्तदान कार्यक्रमको आयोजना गरी ५० पिन्ट रगत पनि सङ्कलन गरिएको थियो ।

7

धरान १ मा रहेको धरान मोडल कलेजले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर एक हप्ते खेल सप्ताह कार्यक्रमको समापन गरेको छ । त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सहनियन्त्रक डिल्लीराम प्रसाईको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । जुन कार्यक्रममा धरान उपमहानगरपालिकाका १ नं वडाका वडाध्यक्ष यज्ञमणि आचार्य विशेष अतिथिका रुपमा रहेका थिए । जसको अध्यक्षता क्याम्पसका प्राचार्य प्रवीन राईले गरेका थिए ।

5

खेल सप्ताहकै क्रममा बिहीबार छाता चौकमा कलेजका प्राध्यापक मोहन श्रेष्ठको संयोजकत्वमा गरिएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको क्याम्पसका प्राचार्य राईले बताए । जसमा कलेजका प्राध्यापक, सन्चालक समितिका पदाधिकारी, विद्यार्थी एवम् समाजसेवीहरुले रक्तदान गरेको उनले बताए । यसरी नै वर्सेनी कलेजले समाजसेवामा प्रत्यक्ष प्रभाव पर्ने कार्यहरु गर्दै आएको जसमा बुधबार विजयपुर धार्मिक स्थलको सरसफाइ गरेको पनि राईले बताए । विद्यार्थीमा समाजसेवाको भाव अभिप्रेरित होस्, जुन सिकाइको एक अंग नै हो भन्ने भावनाअनुसार समाजसेवामूलक कार्यक्रमको आयोजना भएको उनको भनाइ छ ।

1 समापन कार्यक्रममा धरान मोडाल एकेडेमी प्रा.लि.का सल्लाहकार जीवनकुमार राई, जंग बहादुर भट्टराई, गौरव सन्ज्याल, सूर्यबहादुर राई, गोपाल गुरागाईँ, राजेन्द्र खड्का, नरबहादुर राई, प्रकाश कार्की, अजय अग्रवाल लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रमका अवसरमा गायन र नृत्य प्रतियोगिता पनि सञ्चालन गरिएको कार्यक्रमका मूल संयोजक विष्णु खनालले बताए । जसका अनुसार एकल गायन प्रतियोगितामा विरेन लिम्बू वि.एड् चौथो वर्षबाट प्रथम र प्रेमा तामाङ विएसडब्लु प्रथम वर्षबाट दोस्रो भएका थिए । त्यस्तै एक नृत्य प्रतियोगितामा श्रीविका गुमाजु विएस डब्लु प्रथम वर्षबाट प्रथम र सनम गुरुङ विविएस दोस्रो वर्षमा दोस्रो भएका थिए । गायनको निर्णायकमा विनोद प्रियदर्शी राई रहेका थिए भने नृत्य प्रतियोगिताको निर्णायकमा सन्तोष गुरुङ्ग र तृष्णा राई रहेका थिए । समापन कार्यक्रमको सञ्चालन कलेजका प्राध्यापक निश्चल सुवेदीले गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रममा छाेटो दौड प्रतियोगिता, फुटसल, चेस, क्यारेमबोड, चाइनिज चेकर, हाजिरीजवाफ प्रतियोगिता, कविता लेखन तथा वाचन प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, सरसफाई, टेबलटेनिस, नृत्य तथा गायन प्रतियोगिता, रक्तदान जस्ता बहुविधा प्रतियोगिता सञ्चालन भएको सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक खनालले बताए । समापन कार्यक्रममा एक हप्ताभरि सञ्चालन भएको प्रतियोगितात्मक कार्यक्रमका विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।

9

खेल सप्ताहको पहिलो दिन २४ गते आइतबार भएको दौड प्रतियोगितामा छात्रातर्फबाट तीन किलो मिटर दौडमा कलेजकी छात्रा सिर्जना राई, अस्मिता राई, स्वस्तिका खड्का क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । त्यसै गरी छात्रातर्फको पाँच किलोमिटर दौडमा कलेजका छात्रहरु प्रभात राई, साङ्गे शेर्पा, छविलाल बुढाथोकी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । प्रतियोगितामा छात्राछात्र गरेर जम्मा पचासजना विद्यार्थीले भाग लिएका थिए ।

8

त्यसैगरी २५ भएको हाजिरी जवाफ प्रतियोगितामा सौगात धमला, अमृता कार्की, रविन भुजेलको समूह प्रथम, मिक्मा भोटे, मनिका राई, रोशा राईको समूह दोस्रो र साङ्गे शेर्पा, आर्यन चापागाईँ, सन्ध्या लिम्बुको समूह तेस्रो भएको कार्यक्रम संयोजक खनालले बताए । उनले बताएअनुसार अन्य कार्यक्रमहरुमा २६ गते भएको नेपाली वक्तृत्वकला प्रतियोगितामा सविता पुरी प्रथम, अस्मिता राई दोस्रो र राजेन्द्र लिम्बू तेस्रो भएका थिए । सोही दिन भएको अर्को अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा आशिका राई प्रथम भएका थिए । नेपाली कविता प्रतियोगितामा सविता पुरी प्रथम, समीक्षा राई दोस्रो र अस्मिता राई तेस्रो भएका थिए । अंग्रेजी कविता प्रतियोगितामा समीक्षा राई प्रथम भएको जानकारी पनि खनालले दिए ।

3

खेलकुद सप्ताह उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले धरानको भानु चौकमा आयोजित दौड प्रतियोगितालाई रिवन काटेर सुरु गर्दै खेल सप्ताहको २४ गते आइतबार उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै बेघाले भने ः यसले धरानलाई खेलकुदको सहरका रुपमा परिचित बनाउन मद्दत गर्नेछ । यस्ता कार्यक्रमको आयोजना गरिरहने मोडल कलेजलाई धन्यवाद दिए ।

उद्घाटन कार्यक्रममा धरान रनका संयोजक रमु राई, ट्राफिक प्रहरीका असई नारद प्रसाद दाहाल, कलेजका प्राचार्य प्रविन राई, प्राध्यापक, समाजसेवी, पत्रकार, विद्यार्थी, सुरक्षा प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कलेजका प्राध्यापक एवम् दौड प्रतियोगिताका संयोजक भवानी शंकर भट्टराईले गरेका थिए ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved